दिनहुँजसो फरार पक्राउ

६ महिना अघि

२0८0 चैत्र २ शुक्रबार
दिनहुँजसो फरार पक्राउ

उदयपुर, चैत २ 

उदयपुर प्रहरीले दिनहुजसो फरार अभियुक्तहरु पक्राउ गर्ने गरेको छ । विभिन्न आपारधिक गतिबिधिमा संलग्न भई अदालतबाट दोषी प्रमाणित भए पनि फरार रहेकाहरुलाई खोजी गरी पक्राउ गर्दै दण्ड, जरिवाना र कैद सजाय फस्र्यौट गर्ने सरकारको अभियान अन्तर्गत पछिल्लो समय प्रहरीले फरारहरुको खोजी र पक्राउ गर्दै आएको छ । 


यसै सिलसिलामा शुक्रबार मात्र थप १ जना पक्राउ परेको तथा अघिल्लो दिन ३ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । शुक्रबार इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले लागूऔषध अभियोगमा १२ दिन कैद सजाय र २ हजार रुपैँया जरिवानाको फैसला सुनाइएका चौदण्डीगढी नगरपालिका ६ का ३५ वर्षीय सुरज राई पक्राउ परेका छन् । 

 

जिल्ला अदालत उदयपुरको ०७६ पुस २० गतेको फैसला अनुसार कैद र जरिवाना तोकिए पनि फरार रहेका उनलाई खोजविनको क्रममा पक्राउ गर्न सफल भएको प्रहरी कार्यालयले जनाएको छ । 


त्यसैगरी अघिल्लो दिन विभिन्न आरोपमा अदालतले दोषी करार गरे पनि भाग्दै आएका ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले त्रियुगा ननगरपालिका ५ देउरीकी ४८ वर्षीया मैया भन्ने माया चौधरी, सोही ठाउँकी २४ वर्षीय पदमाकर शाक्य र सोही वडाका ३८ वर्षीय श्यामकुमार चौधरी पक्राउ परेका हुन् । 


प्रहरीका अनुसार कुटपिट मुद्धामा मायाविरुद्ध जिल्ला अदालत उदयपुरले ०६७ मंसिर १ गत  ७ सय ५० रुपैँया जरिवानाको फैसला सुनाएको थियो । त्यसैग्री शाक्यविरुद्ध ०७० मंसिर ३० गतेको फैसला अनुसार कुटपिट मुद्धामा ६ सय जरिवाना तोकिएको थियो । अर्का फरार श्यामकुमारलाई जवरजस्ती करणी मुद्धामा ०७५ पुस ४ गतेको फैसला अनुसार अदालतले ६ सय रुपैँयाकै जरिवानाको फैसला गरेको थियो ।


पक्राउ सबैलाई फैसला कार्यान्वयनका लागि प्रहरीले जिल्ला अदालतको जिम्मा दिएको जनाएको छ ।