लागूऔषधसहित २ पक्राउ

६ महिना अघि

२0८0 चैत्र २ शुक्रबार
लागूऔषधसहित २ पक्राउ

उदयपुर, चैत २

उदयपुर र सिराहाको सीमानाका लालपत्ताबाट प्रहरीले २ जनालाई लागूऔषधसहित  पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको विशेष टोलीले शुक्रबार र त्रियुगा नगरपालिका ६ स्थित प्रहरी चौकी लालपताको टोलीले अघिल्लो दिन एक÷एक जनालाई पक्राउ गरेको हो । 


जिल्ला प्रहरीवाट खटेको विशेष टोलीले चौदण्डीगढी नगरपालिका ६ बेल्टारवाट २७ वर्षीय जगरनाथ दासलाई पक्राउ गरेको हो । सप्तरीको ईटरु विष्णुपुर गाउँपालिका ४ का स्थायी बासिन्दा रहेका दासको साथबाट प्रहरीले फेनारगन, डाईजोपाम र ब्रुपिनफिन गरी ६० एम्पुल नियन्त्रित औषधी बरामद भएको जनाएको छ । 


त्यसैगरी लालपत्ताबाट पक्राउ परेका त्रियुिगा नगरपालिका ६ का २७ वर्षीय वीरेन्द्र मरिकको साथबाट पनि फेनारगन, डाईजोपाम र ब्रुपिनफिन गरी १५ एम्पुल नियन्त्रित औषधी बरामद भएको जनाइएको छ । पक्राउ दुवैजनालाई जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुृरले जनाएको छ ।