एमाले जनजाति महासंघमा राजकुमार

६ महिना अघि

२0८0 फाल्गुन २७ आईतवार
एमाले जनजाति महासंघमा राजकुमार

उदयपुर, फागुन २७

सत्तारुढ दल नेकपा (एमाले)निकट लोकतान्त्रिक आदिबासी जनजाति महासंघ उदयपुरको अध्यक्षमा राजकुमार राई अध्यक्ष छानिएका छन् । आईतबार सम्पन्न महासंघको दोस्रो अधिवेशनले राई नेतृत्वमा ४६ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । 


समितिको उपाध्यक्षमा पर्शुराम चौधरी र तारादेवी जोशी छानिएका छन् भने सचिव हेमबहादुर तामाङ, उपसचिव राजु तुलाधार र उदयराज भुजेल तथा कोषाध्यक्ष ताराकुमारी मगर चयन भएको अध्यक्ष मण्डलका संयोजक हरिप्रसाद थलङले जानकारी दिए । 


शनिबार विहान सुरु भएको अधिवेशनको बन्दशत्रले आईतबार दिउँसो सर्वसम्मत चयन गरेको समितिका सदस्यमा सागर हायु, गंगार तामाङ, राजिव राई दनुवार, मीनामाया दनुवार, झम्कनारायण श्रेष्ठ, रुद्रबहादुर मगर, तिजा मगर, बासुकुमार राई, गेल्वु शेर्पा, शिवकुमार राई, लक्ष्मीनारायण चौधरी, विजयकुमार लेखी चयन भएका छन् । त्यसैगरी रामप्रसाद आले, एमिता राई, प्रदिपकुमार राई, राजिन्द्र राई, लोकबहादुर तामाङ, मनोज समाल, शिलाकुमारी श्रेष्ठ, कविता राई, निताकुमारी मगर, कुन्तमाया मगर, बिष्णु तामाङ, रुद्र श्रेष्ठ, प्रकाश राई, प्रताप राना, दत्तकुमारी राईलाई पनि सदस्य छानेको छ । 


अधिवेशनको उद्घाटन   महासंघका अध्यक्ष पासाङ शेर्पाले गरेका थिए । कार्यक्रममा एमाले नेताहरु पनि उपस्थित थिए ।