नेकपा माओवादी केन्द्रको दोस्रो वडा सम्मेलन सम्पन्न

६ महिना अघि

२0८0 फाल्गुन २७ आईतवार
नेकपा माओवादी केन्द्रको  दोस्रो वडा सम्मेलन सम्पन्न

विन्द्रराई/माझखर्क
उदयपुर,फागुन २७


नेकपा माओवादी केन्द्र त्रियुगा नगरपालिका अन्तर्गत रहेको –४ बगाहा  वडा कमिटीको दोस्रो वडा सम्मेलन सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र त्रियुगा नगरपालिका ४ बगाहा वडा पार्टी कमिटीको आयोजनामा शनिवार संगठनको दोस्रो वडा सम्मेलन सम्पन्न भएको हो ।

 

नेकपा माओवादी केन्द्रको प्रदेश सदस्य तथा प्रदेश सभा सदस्य सम्झना तामाङले सम्मेलनको अवसरमा  आम नागरिकलाई  संगठनको बिचारधारा, सिद्धान्तलाई बुझेर अक्षरस  व्यबहारमा लागू  गरिएमा मात्र  मूर्त रुप लिने बताईन्। समाजमा विभिन्न बर्ग समुदाय जातजाती रहेको उल्लेख गर्दै माओवादीले जनयुद्ध नगरेको भए  हाम्रो हक अधिकार पहिचान र वाक स्वतन्त्रता प्राप्त गर्न जागरुक गराउन कुनै पनि संगठन अगाडी आउन नसकेको बताईन् ।


उनले जनयुद्धबाट प्राप्त उपलब्धिलाई सस्थागत गर्नका लागि संगठन र संगठनभित्रको  समस्यालाई  हल गर्दै एकजुट भएर अगाडी बढ्नु पर्ने  बताईन्। माओवादी पार्टी विभिन्न बर्ग समुदाय जातजाती पिछडिएका वर्ग  निमुखा गरीव लगायतलाई समेटेर अगाडीे बढाउने संगठन  अर्थात् सबैलाई फुलाउने फूलवारी रहेको बताईन्। 


पूर्वसंविद्यानसभा सदस्य तथा नेकपा ९माओवादी केन्द्र०को बैकल्पिक केन्द्रिय सदस्य मोहन बहादुर खत्रीले जनताको समस्यामा साथ सहयोग र जिम्मेवारी दिन सक्ने नेता छान्न  आग्रह गरेका छन्।  माओवादी केन्द्रको दोस्रो नगर चार नम्वरवडामा सम्पन्न  सम्मेलनमा नेता खत्रीले यस्तो बताएका हुन्।


खत्रीले उदयपुरको निर्वाचन  २  नम्वर क्षेत्रबाट निर्वाचित भएर  पार्टीको तर्फबाट  संविधान सभामा प्रवेश गरेसंगै आफूले संविधान निर्माण प्रक्रियामा आफ्नो भूमिका पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै संगठनको सुदृढीकरण र नेतृत्व र जिम्मेवारी बहन र जनताको हक अधिकार समस्याहरुका हल गर्न बुझ्न सक्ने नेतृत्व छान्न आग्रह गरे । उनले माओवादी सरकारमा आएपछि १४÷१५ शय भ्रष्टाचारमा मुछिएकालाई कारवाही गरिएको र जसमा नेता, मन्त्री ,कर्मचारी, सचिव  ,व्यावसायी लगायत   रहेको उल्लेख गरे ।


जमिन उधोग लगायत विभिन्न बहानामा कव्जा गर्नेलाई  कारवाही गर्नुका साथै जमिन अधिग्रहन र सरकारको नाममा ल्याईएको  ,कर छलि गर्नेलाई कारवाही तथा सुशासन गाउंमा गाउंमा अधिकार  र सरकारी कामकाजमा ढिलासुस्ती कमिशन खोरीको  अन्त्य गरे संगै  गतिशिलता दिईएको उनको भनाई छ ।
कांग्रेसंग तालमेल गरेर अगाडी बढ्दा पनि संगठनले ईमान्दार  सहयोगी भूमिका निर्वाह  नगर्नुका साथै उल्टै देशै भरी नै आफ्ना उम्मेद्वार हराएर धोका दिएको उनको भनाई छ ।

 
 माओवादीले  कांग्रेसभित्र तालमेल गरेर अगाडी बढे पनि स्थानीय, प्रदेश ,र संघको तीन वटै तहमा हाम्रो उम्मेद्वारले ६० प्रतिशत जिते पनि ४० प्रतिशत उम्मेद्वारले पराजित गर्नुका साथै उनीहरुका शय प्रतिशत उम्मेद्वारले जितेको  बताए ।   संगठनले बढाएको  भ्रष्टार,सुशासन, शान्ति स्थापना जस्ता कार्यलाई पहलकदमीको रुपमा अगाडि बढाए  पनि काग्रेसबाट  सहयोग सहकार्य चाहेकोमा  त्यसको  विपरित  असहयोगीको  रुपमा उभिएको उनको भनाई छ । 


 उनले काङग्रेसले जनताले चाहेको  विकास निर्माण , सुशासन हक अधिकार  र जनताप्रतिको  आफ्नो ईमान्दारिता बिर्सिएको उनले बताए । कांग्रेस  भ्रष्टाचारी जोगाउने चोख्याउने  संविधानसभाबाट टिआरसी जस्ता विधेयक रोकेर शान्ति स्पापना विथोल्ने कार्यमा लाग्नुका साथै गणतन्त्रको धर्मनिरपेक्षता उल्टाउने खेलमा लागेको उनको आरोप छ । दन्द्धपिडित सत्यनिरोपण आयोग संगै शान्ति प्रक्रिया टुंग्याउने  सबैको अभिभारा रहेको उनको भनाई छ । 

 

निर्वाचन समितीले दोस्रो वडा सम्मेलनबाट २५ सदस्यीय वडा मुल समिती सहित पार्टीको  भातृ अन्तर्गत किसान, जेष्ठ नागरिक, योङ्ग कम्युनिष्ट लिग,महिला,दलित, समितीगठन गरेको छ । जसमा संगठनको  मुल समितीको अध्यक्षमा योगेन्द्र अधिकारी, उपाध्यक्षमा गोविन्द बयलकोटी,ईन्द्र बहादुर सुयल,सचिव कर्ण बहादुर विक,कोषाध्यक्ष लिला परियार,सह सचिव सरला राई,लगायत सदस्यहरु कर्ण बहादुर परियार,दिल कुमार राई,कविता राई,पूर्ण बहादुर तामाङ,विशेश्वर शाह,तारा उप्रती मगर,चक्र प्रसाद पराजुली, राजन विशुङ्खे लगायत रहेका छन्।


एमालेबाट १४ जना माओवादीमा प्रवेश

यसैबीच नेकपा एमाले त्यागेर १४ जना अगुवा कार्यकर्ता माओबादीमा प्रवेश गरेका छन् । प्रवशे गर्नेहरुमा गणेश सुयाल, लक्ष्मण सुयाल, अम्वर सुयाल, दिलिप सुयाल, उमेश राउत,भिम बहादुर तामाङ,राजु उपाध्याय, नवराज राई ,टेकराज मगर, रमेश कार्की, कुमार विक, जिवन दाहाल, प्रेम दाहाल,यादब बस्नेत रहेका छन्।         सम्मेलनमा विभिन्न संघ सस्थाका प्रतिनिधि नागरिक समाज सङ्गठनको नगर तथा वडा कमिटी प्रतिनिधिहरु उपस्थित रहेका थिए ।