थारु सामुदायिक होमस्टेमा बयलगाडाको मज्जा

६ महिना अघि

२0८0 फाल्गुन २६ शनिबार
थारु सामुदायिक होमस्टेमा बयलगाडाको मज्जा


बिन्द्र राई/माझखर्क
उदयपुर, फागुन२५

उदयपुरमा एक सामुदायिक  होमस्टेमा बयलगाडाको प्रदेश मन्त्रीले चढेर सञ्चालन शुभारम्भ गरेका छन्। त्रियुगा नगरपालिका १३ स्थित स्थानीय अर्गानिक  परिकार र थारु सस्कार सस्कृतिको रुपमा परिचित 'बहेडवा थारु सामुदायिक होमस्टे'ले शुक्रवार शिवरात्रीको अवसर पारेर आयोजना गरेको बयलगाडा शुभारम्भ कार्यक्रममा १ नं.प्रदेशका खानेपानी सिचांई तथा उर्जामन्त्री नारायण वुर्जामगर र कृषि तथा सहकारी मन्त्री रामकुमार खत्री, उपसभामुख सिर्जना दनुवार बयलगाडामा चढेर शुभारम्भ गरेका हुुन्। 

 

बहेडवा थारु सामुदायिक होमस्टेका अध्यक्ष भगवानसिंह चौधरीले थारु पहिचान सस्कार सस्कृति नंया पिडिहरुले विर्सदै गईरहेकाले यसको संरक्षण र संवद्र्धनका लागि थारु सामुदायिक होमस्टे सञ्चालनसंगै थारु पहिचान झल्कने सस्कार सस्कृति स्थानीय खानेकुराको परिकार प्रवद्र्धन गर्न  होमस्टे सञ्चालनमा ल्याइएको बताए ।अध्यक्ष चौधरीले थारु पहिचान सस्कार सस्कृति र प्रवद्र्धन गर्दै यस ठाउंको पर्यटन, आर्थिक विकासका लागि  होमस्टेमा यस किसिमका कार्यक्रमहरु सञ्चालन गरिदै  आईरहेको बताए ।

 

चौधरीले आफ्नो पहिचान संस्कार सस्कृतिको संरक्षणका साथै बयलगाडाको महत्व नयाँ पिँढीलाई जानकारी गराउन यस्तो कार्यक्रमले सहयोग गर्ने अपेक्षा गरिएको बताए । बिहेवारीजस्ता विभिन्न कार्यमा शुभकार्यमा गाउघरमा यातायातको रुपमा पहिलेदेखि बयलगाडाको प्रयोग हुदै आएको  बताए । कार्यक्रममा त्रियुगा नगरउपप्रमुख महेश्वरी राईलगायत विभिन्न स्थानीयतहका जनप्रतिनिधिहरुको सहभागिता थियो । विभिन्न संघसस्थाहरुका प्रतिनिधी नागरिक समाज, कलाकार लगायतले उपस्थित जनाएका थिए।

 

थारु सामुदायिक होमस्टेले विशेष आफ्ना आगन्तुक पाहुनाहरुलाई स्थानीय घुंगी, हांस लगायतहरुबाट बनेका परिकारहरुबाट स्वागत गरिदै आएको चौधरीले जनाए।