दुध नदीमा बेपत्ता थापा अझै भेटिएनन्

६ महिना अघि

२0८0 फाल्गुन २६ शनिबार
दुध नदीमा बेपत्ता थापा अझै भेटिएनन्

उदयपुर, फागुन २६

३ दिनअघि दुध नदीमा खसेर हराईरहेका उदयपुरका एक पुरुष अझै भेटिएका छैनन् । जिल्ल्को चौदण्डीगढी नगरपलिका १ का ५५ वर्षीय एकराज थापा कोक्सुलुङ घाटबाट बिहीबार बेपत्ता भएका थिए ।

 

विहान १०:०० स्थानीय कोक्सुलुङ घाटमा मान्छे तार्ने क्रममा डुङ्गाबाट खसेर नदीमा डुबेका थापा अहिलेसम्म फेला नपरेको इलाका प्रहरी कार्यालय बेलटारले गनाएको छ । थापाले नदी पारीबाट दुई महिला लिएर डुङ्गाबाट वारी आउदा दुर्घट्नामा परेको य्रहरी भनाई छ ।

 

महिलाहरू भने सकुशल रहेको प्रहरीले जनाएको छ । दुईजना महिलालाई डुङ्गाबाट झार्नेक्रममा डुंङ्गा पल्टिएर थापा नदीमा खसेर बेपत्ता भएको बताइएको छ ।

 

इलाका प्रहरी निरीक्षक ओमप्रकाश पुनले प्रहरी टोलीबाट पत्ता नलागेपछि सशस्त्र प्रहरी बलको दुर्घटना विज्ञ टोली (गोताखोर) परिचालन गर्दा पनि थापा फेला नपरेको बताए। घट्ना सम्वन्धी थप अनुसन्धान भईरहेको पनि उनको भनाई छ ।