त्रियुगा सााना सहरी खानेपानीमा खड्का प्यानल विजयी 

६ महिना अघि

२0८0 फाल्गुन २२ मंगलवार
त्रियुगा सााना सहरी खानेपानीमा खड्का प्यानल विजयी 

बोक्से, फागुन २०

सदरमुकाम गाईघाट र बोक्सेबासीलाई खानेपानी उपभोग गराउँदै आएको ‘त्रियुगा साना सहरी खानेपानी उपभोक्ता समिति (संस्था)’को अध्यक्षमा ओम खड्का र उपाध्यक्ष सुपराज राईको संयुक्त प्यानल विजयी भएको छ । 


फागुन २१ गते सम्पन्न चुनावको मंगलबार विहान प्रकाशित नतिजा अनुसार अध्यक्षमा खड्का र उपाध्यक्षमा सुपराज राईको प्यानल अत्याधिक मत लिएर विजयी भएको हो । 


प्रत्यासी शंकर बस्नेतभन्दा ४ सय ८५ मत बढी मत पाउँदै खड्काले अध्यक्षमा बाजी मारेका हुन् । खड्कालाई १ हजार ६२ मत पर्दा बस्नेतले ५ सय ७७ मत ल्याएका छन् । त्यसैगरी उपाध्यक्ष राईलाई प्रतिस्पर्धी निगम कोईरालाभन्दा ५ सय ७ मत बढी परेको छ । राईले ९ सय ६९ मत ल्याउँदा कोईरालालाई ४ सय ६२ मत परेको निर्वाचन समितिले जनाएको छ । 


मत परिणाम अनुसार कोषाध्यक्षमा कोषाध्यक्ष रेवतिरमण गेलाल ८ सय ९७ मत पाउँदै विजयी भएका छन् । उनका प्रतिस्पर्धी नवीन राईले प्यानलको आग्रह अनुसार यसअघि नै उम्मेदवारी फिर्ता लिइसकेको भए पनि प्राविधिक कारण चुनाव चिन्ह कायम रहेकाले १ सय ७७ मत खसेको छ । 


चुनावी प्रतिस्प्र्धामा भाग लिने ४ सदस्यमध्ये सर्वाधिक मत पाप्त गर्दैै भबिन्द्र खत्री विजयी भएका छन् । उनले १ हजार २० मत ल्याएका छन् । अन्य विजयी सदस्यहरु  कृष्णकुमारी राई ८ सय ४६, डिल्लीनारायण श्रेष्ठ ८ सय ९, जीतबहादुर बराल ७ सय ६६ र रीता आछामीले ६ सय ६४ मत पाएका छन् । सदस्यका उम्मेदवारहरु नीरबहादुर राईले ७ सय १२ मत पाउँदै पराजित हुँदा महिलातर्फ नर्मदा खत्रीले १ सय ९७ मतमा चित्त बुझाउनु परेको छ । 


सचिवमा सन्तोष खड्का यअसघि नै निर्विरोध निर्वाचित भईसकेका थिए । बोक्सेस्थित बालमन्दिर माविको प्रांगणमा भएको मतदानमा कुल उपभोक्ता सदस्य २ हजार ८ सयमध्ये १ हजार ७ सय २० मत खसेको निर्वाचन समितिले जनाएको छ ।