पहिलो चरणको दादुरा–रुबेला खोप शतप्रतिशत

६ महिना अघि

२0८0 फाल्गुन २१ सोमबार
पहिलो चरणको दादुरा–रुबेला खोप शतप्रतिशत

उदयपुर, फागुन २१


फागुन १३ गतेदेखि सुरु भएको पहिलो चरणको ‘दादुरा–रुबेलाविरुद्धको खोप अभियान’मा झण्डै २४ हजार बालबालिका लाभान्वित भएका छन् । गत १३ देखि १७ गतेसम्म सञ्चालित पहिलो चरणको खोप अभियान सतप्रतिशत सफल भएको जिल्ला स्वास्य कार्यालय उदयपुरले जनाएको छ । 


पहिलो चरणमा जिल्लाका त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका तथा रौतामाई र लिमचुङबुङ गाउँपालिका गरी ५ वटा स्थानीयतमा खोप अभियान चलाइएको थियो । सो अभियान अन्तर्गत सतप्रतिशत प्रगति भएको स्वास्थ्यले जनाएको छ । त्रियुगाका १६ वडाका ६ हजार ६ सय ८४ जनालाई लक्षित गरिएकोमा ११०.४७ प्रतिशत प्रगति भएर ७ हजार ६ सय ५ जनाले खोप पाएका छन् भने चौदण्डीगढीमा १० वडाका ३ हजार ५ सय ५५ जनालाई लक्षमध्ये ९०.४६ प्रतिशत प्रगति गर्दै ३ हजार २ सय १६ ले पाएका छन् ।


त्यस्तै बेलकामा ३ हजार ५ सय ११ को लक्ष्य लिइएकोमा ३ हजार ३ सय १४ अर्थात ९४.३८ प्रतिशत बालबालिकालाई खोप दिइएको स्वास्थ्य कार्यालयका सुपरभाईजर सुबास निरौलाले बताए । उनका अनुसार गाउपालिकातर्फ रौतामाईमा १ हजार ४ सय ७३ लाई खोप दिने लक्ष्य लिइएकोमा १ हजार ३ सय ६८ अर्थात ९२.७४ ले पाएका छन् भने लिमचुङबुङमा ६ सय ९५ लाई लक्षित गरिएकोमा ६ सय २४ अर्थात ८७.७८ प्रतिशतले खोप हानेको सुपरभाईजर निरौलाले बताए । 


सपरभाईजर त्रियुगामा लक्ष्यभन्दा बढी ११०.४७ प्रतिशतले खोप हान्नुको कारण चाँहि सदरमुकाम भएकाले अन्य स्थानीयतहका बालबालिका बसोबास गरेकाले हो । पहिलो चरणमा स्वास्थ्य कार्यालयले २३ हजार ५ सय २२ जना बालबालिकालाई खोप दिने लक्ष्य लिएकोमा पूर्णरुपमा सफल भएको दावी कार्यालयले गरेको छ । दोस्रो चरणको खोप अभियान आउँदो २२ गतेदेखि २७ सम्म सञ्चालन हुनेछ । दोस्रो चरणमा जिल्लाका कटारी नगरपालिका तथा उदयपुरगढी र ताप्ली गाउँपालिकाका ६ हजार ९ सय १६ लाई खोप दिइने कार्यक्रम छ । 


कटारीका १४ वडाका ४ हजार ८६, उदयपुरढीका ८ वडाका २ हजार १ सय २८ र ताप्लीका ५ वडाका ८ सय ७० बालबालिकालाई खोपको लक्षित वर्गभित्र राखिएको छ । ५ स्थानीयतहका ५१ वडामा खोप अभियान उत्साहजनक रुपमा सम्पन्न भएको र बाँकी ३ स्थानीयतहका २४ वडामा पनि उसैगरी सफल बनाउने गरी स्वास्थ्यकर्मी परिचालन गरिएको उनले बताए । 


स्वास्थ्य कार्यालय प्रमुख बृजकुमार दासका अनुसार यसवर्षको खोप अभियानमा जिल्लाभरी ४ सय ६४ स्वास्थ्यकर्मी परिचालन गरिएको छ भने ९ सय २८ जना स्वयंसेवक परिचालन भएका छन् । खो सञ्चालनको अनुगमन गर्न जिल्लाभरी ५ जना चिकितसकसहितको टोली परिचालन गरिएको छ । यो वर्ष देशभरका ९ देखि ५९ महिनासम्मका र ५ देखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप दिने अभियान चलिरहेको छ । 


उदयपुरको हकमा भने ९ देखि ५९ महिनासम्मका बालबालिकालाई मात्र खोप दिने कार्यक्रम रहेको प्रमुख दासले बताए ।