खोटाङमा टिपरको ठक्करले मोटरसाईकल चालकको निधन 

६ महिना अघि

२0८0 फाल्गुन २0 आईतवार
खोटाङमा टिपरको ठक्करले मोटरसाईकल चालकको निधन 

उदयपुर, फागुन २०

खोटाङमा टिफरको ठक्कर लागेर आईतबार विहान मोटरसाईकल चालकको निधन भएको छ । मध्येपहाडी लोकमार्ग अन्तर्गत हलेसी तुवाचुङ नगरपालिका १० अर्खाैलेमा बाग्मती प्रदेश ०१–००६ ख २४०२ नम्बरको टिफरले स ९ प १२१२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा हलेसी तुवाचुङ ६ का २० बर्षीय टंकल राईको निधन भएको हो । 


जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार खोटाङको खार्पाबाट कटारीतर्फ जाँदै गरेकोे टिफरले बिपरित दिशाबाट आउँदै गरेको मोटरसाईकललाई ठक्कर दिदा चालक राईको घटनास्थलमै निधन भएको हो । 


ठक्कर दिने टिपर र टिपर चालक उदयपुृरको कटारी नगरपालिका ३ का ४३ बर्षीय पदमकुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । प्रहरीले घट्नास्थलको सर्जमिन मुचुल्का गरी मृतकको शव पोष्टमाटमका लागि दिक्तेलस्थित जिल्ला अस्पताल खोटाङ पठाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।