कटारी बोलेरो दुर्घटनाः अर्का घाईतेको निधन 

२0८0 फाल्गुन १९ शनिबार
कटारी बोलेरो दुर्घटनाः अर्का घाईतेको निधन 

कटारी, फागुन १९

अघिल्ले दिन कटारीमा भएको बोलेरो दुर्घटनामा घाईते भएकी एक यवतिको पनि निधन भएको छ । शुक्रबार दिउँसो ४ः२० बजे कटारी ७ स्थित मर्जेतपुरमा भएको दुर्घटनामा घाईते भई विराटनगरमा उपचाररत सोही ठाउँकी ३० वर्षीया लालकुमारी तामाङको शनिबार निधन भएको हो । 


कटारीदेखि सिरिसे थलियातर्फ जाँदै गरेको ना १ ज ८३३३ नम्बरको बोलेरो  बैेक फेल भई सडकबाट १ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते ८ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भईरहेको थियो । उपचारकै्र क्रममा लालकुमारीको निधन भएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी सुवास राईले बताए । 


बोलेरो दुर्घटनामा परी ७० वर्षीय बृद्ध कटारी ८ सिरिसेका वीरबहादुर तामाङको शुक्रबारै कटारी अस्पतालमा निधन भएको थियो । डिएसपी राईका अनुसार उनका अनुसार जिप चालक कटारी ८ कै ३३ वर्षीय थर्मसिंह तामाङलाई  नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको छ 


दुर्घटनामा परी घाईते १३ मध्ये ६ जना भने कटारी अस्पतालमै उपचारपछि निको भएर घर फर्किसकेको डिएसपी राईले बताएका छन् ।