बोलेरो दुर्घटनामा परी बृद्ध ठहरै, १५ घाईर्ते 

२0८0 फाल्गुन १८ शुक्रबार
बोलेरो दुर्घटनामा परी बृद्ध ठहरै, १५ घाईर्ते 

कटारी, फागुन १८

शुक्रबार दिउसो कटारीमा भएको बोलेरो दुर्घटनामा परी ७० वर्षीय बृद्धको निधन भएको छ । चालकसहित १५ जना घाईते भएकोमा ४ जनाको अवस्था गम्भीर छ ।

 

कटारी बजारदेखि सिरिसेतर्फ गईरहेको ना १ ज ८३३३ नं. को बोलेरो दिउँसो ४ः२० बजे कटारी ७ मर्जेटपुर–गोठडाँडाको भित्री सडकमा बे्रक फेल भई दुर्घटना हुँदा कटारी ८ सिरिसेका ७० वर्षीय वीरबहादुर तामाङको निधन भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । 


इप्रका प्रमुख डिएसपी सुवास राईका अनुसार सडकबाट १ सय ५० मिटर तल खसेर दुर्घटना भएको बोलेरोमा ४ पुरुषसहित १५ यात्रु घाईते भएका छन् । दुर्घटनालगत्तै इप्रकाबाट खटेको डिएसपी राई नेतृत्वको १० जनाको टोलीले घाईतेहरुको उद्धार गरी कटारी अस्पताल ल्याएकोमा तामाङलाई डा.ले मृत घोषित गरेका थिए । 


घाईतेमध्ये गम्भीरहरु कटारी ८ की ३५ वर्षीया भद्रीमाया मगर, ६० वर्षीया खड्कीमाया मगर, २८ वर्षीया तारा मगर, ३३ वर्षीया कुमारी तामाङलाई बिराटनगर रिफर गरिएको छ । 


अन्य घाईतेहरुमा चालक कटारी ८ सिरिसेकै ३३ वर्षीय कर्मासिंह तामाङ, सोही वडा थलियाकी ३० वर्षीया गीता तामाङ, ६० वर्षीय तेतु थापामगर, २३ वर्षीया अस्मिता मगर, ५५ वर्षीया रिकीमाया मगर, ६१ वर्षीय धनबहादुर मगर रहेका छन् । 


त्यसैगरी कटारी ८ कै २४ वर्षीया मनकुमारी मगर, २८ वर्षीय दिपबहादुर तामाङ, कटारी ७ बिहीवारेकी २५ वर्षीया अस्मिता दनुवार र सोही वडाका ४५ वर्षीय होमबहादुर मगर घाईते रहेका छन् । 

 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले सामान्य घाईतेहरु सबैको कटारी अस्पतालमै उपचार भईरहेको बताएका छन् ।