एकैदिन १९ फरार पक्राउ

६ महिना अघि

२0८0 फाल्गुन १८ शुक्रबार
एकैदिन १९ फरार पक्राउ

उदयपुर, फागुन १८


जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न आपराधिक गतिबिधिमा संलग्न भई अदालतबाट दोषी सावित भएका झण्डै २ दर्ज फरार प्रतिबादीलाई एकैचोटी पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटबाट परिचालित विशेष टोलीले फरकफरक मुद्दामा दोषी सावित भई फरार रहेका प्रतिबादीलाई खोजविनको क्रममा फेला पारी पक्राउ गरेको हो । 


पक्राउ पर्नेमा दुईदशकअघि फैसला भएर दोषी करार भएकाहरुसमेत रहेका छन् । प्रहरीले अदालतबाट फैसला भई दोषी सावित भए पनि फरार रहदै आएका प्रतिबादीहरुको खोजी र पक्राउ गरी सजाय र जरिवाना भुक्तान गर्ने अभियान अन्तर्गत खोजी गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चेक अनादर (बाउन्स), कुटपिट, सार्वजनिक अपराध, जालसाजी, लुटपाट, गाली बेइज्जती र झुटा वकपत्रलगायत मुद्धामा दोषी ठहर भए पनि वर्षौँदेखि फरार रहदै आएकाहरु रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले बताए । 


उनका अनुसार पक्राउ २१ जना फरार प्रतिबादीहरु ०६४ देखि ०७७ सम्ममा फैसला भएर फरार रहेकाहरु छन् । चेक बाउन्स मुद्धामा त्रियुगा नगरपालिका १२ का ४१ वर्षीय क्षेत्रबहादुर खत्री, कुटपिट मुद्धामा त्रियुगा ११ कै ३४ वर्षीय मनोज कटुवाल पक्राउ परेका छन् । त्यसैगरी सार्वजनिक अपराध मुद्धामा त्रियुगा कै ४४ वर्षीय  टंकबहादुर कटुवाल, कुटपिटमै त्रियुगा ६ का ४२ वर्षीया सुरजु गियादेवि मलवार पक्राउ परेकी छिन् । 


त्यसैगरी जालसाजी मुद्धाकी पक्राउ परेकी प्रतिबादी त्रियुगा ९ की ३६ वर्षकी शर्मीला कार्की गाली बईज्जती मुद्धामासमेत दोषी करार भएकी छिन् । अर्का लुटपाट मुद्धामा पक्राउ सोही वडाकी ४७ वर्षीया कृष्णकुमारी बस्नेत, सार्वजनिक अपराध मुद्धामा सोही वडाकी २८ वर्षीया निराजन खत्री पनि पक्राउ परेकी छिन् । पक्राउ पर्ने अर्का फरार त्रियगा नगरपालिका ५ का ५० वर्षीय तारा भुजेल छन् । उनीविरुद्ध अदाललते गालीबेइज्जति मुद्धामा पनि जरिवानाको फैसला सुनाएको छ । 


पक्राउ अर्का प्रतिबाद त्रियुगा ११ कै २८ वर्षीय रमेश रोक्का सार्वजनिक अपराध मुद्धामा दोषी ठहरिएका छन् । जालसाजी मुद्धामै त्रियगा ११ का ४५ वर्षीय सन्तोषकुमार साह, त्रियुगा १२ का ६८ वर्षीय दाहुर साहु तेली पक्राउ पर्दा कुटपिट मुद्धामा त्रियुगा ५ की ३४ वर्षीया सीता मगर, कुटपिटमै त्रियुगा  ८ का ६५ वर्षीय टंकबहहादुर राई पक्राउ परेका छन् । 


त्रियगा ११ का ५७ वर्षीय अम्वर खत्री झुटा वकपत्र आरोपमा पक्राउ पर्दा त्रियुगा १२ का ३९ वर्षीया उमा कार्की गाली बेइज्जति मुद्धामा पक्राउ परेकी छिन् । गाली बेईज्जति मुद्धामा पक्राउ परेकी त्रियगा १२ की ४४ वर्षकी मानकुमारी कार्कीलाई कुटपिट मुद्धामा पनि अदालतले दोषी ठहर्याएको छ । सोही ठाउँका फरारहरु २९ वर्षीय सागर बिक सार्वजनिक अपराध र ८ नं. वडाका ४२ वर्षीया मोहनकुमारी कोईराला सम्बन्ध विच्छेद मुद्धामा पक्राउ परेका छन् । 


पक्राउ सबै प्रतिबादीलाई जिल्ला अदालत पठाइएकोमा अदालतले तोकिए अनुसारको जरिवाना असुल गरेर छाडेको डिएसपी चौधरीले बताएका छन् ।