गाईघाटको पोल्ट्रीफर्ममा आगलागी

७ महिना अघि

२0८0 फाल्गुन १२ शनिबार
गाईघाटको पोल्ट्रीफर्ममा आगलागी

उदयपुर, फागुन १२

सदरमुकाम गाईघाटनजिकै एक पोल्ट्रीफर्ममा शनिबार आगालगी हुँदा धनमालको क्षति भएको छ । दिउँसो २ः०० बजेजस्तो समयमा एकक्कासी भएको आगलागीमा परी ब्रोईलर कुखुरा पाल्न बनाइएको पोल्ट्रीफर्म र त्यसभित्र रहेका सामग्री जलेर नष्ट भएको छ । 


जिल्ला प्रहरी कार्यालय उदयपुरका अुनसार गाईघाट र बोक्से सीमानास्थित त्रियुगा नगरपालिका १० बाँसबारीमा राजकुमार उदासको खाली पोल्ट्रीफर्ममा आगो लागेको हो । फर्ममा कुखुरा भने नपालेको कारण खोर र अन्य सामग्री मात्र जलेको प्रहरीले जनाएको छ । उदासको घरनजिकै परालको कुन्युबाट आगो सल्केर फर्म जल्न पुगेको प्रहरी भनाई छ । आगलागीको खवर पाउनासाथ खटेको जिल्ला प्रहरी टोलीले सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासी र दमकलको सहयोगले २ घण्टामा आागो नियन्त्रणमा लिएको जनाएको छ । 


आगलागीको जानकारी पाएलगत्तै त्रियुगा नगरपालिकाबाट दमकल पठाएर आगो नियन्त्रण गर्न प्रयोग गरिएको थियो । त्यसैगरी रौतामाई गाउँपालिकाको दमकल पनि मगाइएकोले आगो नियन्त्रण गर्न सहज भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले बताए । उनका अनुसार आगलागीबाट ६ लाख हाराहारी क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । 


आगो के कारण लाग्यो भन्ने कुरा अहिलेसम्म खुलेको छैन । यसबारे अनुसन्धान भईरहेको डिएसपी चौधरीले बताएका छन् ।