कर छलीको सामग्रीसहित ३ पक्राउ 

९ महिना अघि

२0८0 फाल्गुन १0 बिहीबार
कर छलीको सामग्रीसहित ३ पक्राउ 

उदयपुर, फागुन १० 

यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा कर छलीको सामग्रीसहित ३ जना पक्राउ परेका छन् । आजराति इलाका प्रहरी कार्याल्य रामपुर ठोक्सिला र प्रहरी चौकी लालबजारको संयुक्त टोलीले मदन भणडरी लोकमार्ग चतारा–गाईघाट खण्डको  बेलका नगरपालिका ५ स्थित जहडामा चेकजाँच गर्ने क्रममा सुपाडी र व्यक्ति पक्राउ परेका हुन् । 


९ गते राति ११ः०० बजेको समयमा पश्चिमतर्फ हुँईदिदै गरेको प्र १–०१–००१ख ४१०३ नम्बरको मात्री भाग्यरेखा यात्रुबाहक बसमा चेकजाँच गर्दा आधिकारिक कागजात नभएको पाइएपछि २९ बोरा काँचो सुपाडी बरामद गर्दै ३ जनालाई नियन्त्रणमा लिइएको हो । 


बसमा रहेको सुपाडीको आयात र निर्यात गर्ने कागजात नपाइएपछि बरामद गरी त्यसमा संलग्न हुनेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ पर्नेमा भारत दार्जेलिङ जिल्ला खोरिबारी थाना पानिट्यांकी बस्ने वर्ष ४४ का निलकान्त सिंह, सोही ठेगानाका ४४ वर्षीय दुलाल देही र ६४ वर्षीय सञ्य राजबंशी रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले बताए । 


बरामद ५९ बोरा बरामद सुपाडी अन्दाजी ३ हजार किलो रहेको पै्हरीले जनाएको छ । बरामद सामान र पक्राउ व्यक्तिहरुलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाइएको डिएसपी चौधरीले बताएका छन् । 


२ फरार पक्राउ 

यसैबीच प्रहरीले ७ वर्षअघिदेखि फरार २ प्रतिबादीहरुलाई पक्राउ गरेको छ । जिल्ला अदालत उदयपुरको ०७३ भदौ १३ गतेको फैसला अनुसार जुवा मुद्दामा दोषी करार भई जरिवानाको सजाय सुनाइएका फरार प्रतिवादिहरूलाई बिहीबार नियन्त्रणमा लिइएको हो । 


पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ३ मोतिगडाका ५१ वर्षीय फिरिलाल चोधरी र सोही ठेगानाका ८१ वर्षीय रामलाल भन्ने भरतकुमार तामाङ रहेका छन् । उनीहरु दुवैलाई अदालतले जनही २ हजार रुपैँया जरिवाना सुनाएको छ । पक्राउ दुवैलाई जिल्ला अदालतमा बुझाइएकोमा जरिवाना तिरेर रीहा भईसकेको प्रहरीले जनाएको छ ।