एकै दिन आधा दर्जन फरार अभियुक्त पक्राउ 

२0८0 फाल्गुन १0 बिहीबार
एकै दिन आधा दर्जन फरार अभियुक्त पक्राउ 

उदयपुर, फागुन १० 


जिल्ला प्रहरी कार्याल उदयपुरले एकैदिन आधा दर्जन फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालत उदयपुुरको फैसला अनुसार जुवा खेलेको अभियोगमा दोषी करार भए पनि फरार रहँदै आएका ६ जना प्रतिबादीलाई पक्राउ गरेको हो । 


प्रहरीका अनुसार जिल्ला अदालत उदयपुरको गत ०७० चैत १६ गतेको पैसला अनुसार जुवा मुद्दामा उनीहरुलाई बुधबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ३ मोतिगडका ५० वर्षीय मानबहादुर ठकुरी, सोहीठाउँका ८१ वर्षीय होमबहादुर ज्यूठकुरी ५९ वर्षीय नेत्रबहादुर सिंहठकुरी, ७५ वर्षीय प्रेमबहादुर राउत, वर्ष ४५ का विन्द भन्‍ने छविबहादुर रास्कोटी र सोही ठेगानाका ४० वर्षीय बद्रीनारायण थापा रहेका छन् । 


उनीहरुलाई जनही ५० देखि ३ सय रुपैँयासम्म जरिबानाको फैसला सुनाइएको छ । पक्राउ सबैलाई बुधबारै जिल्ज्ला अदालत बुझाइएकोमा अदालतले तोकिएको जरिवाना लिएर छाडिसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।