वडाको सम्मानले चौदण्डीगढीका बृद्धबृद्धा मख्ख

७ महिना अघि

२0८0 फाल्गुन ६ आईतवार
वडाको सम्मानले चौदण्डीगढीका बृद्धबृद्धा मख्ख

चौदण्डीगढी नगरपालिका ९ ले वडाभित्रका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । शनिवार वडा कार्यालयमा आयोजित एक कार्यक्रममा जेष्ठ नागरिक बृद्धबृद्धालाई सम्मान गरिएको हो ।


चौदण्डीगढी ९ ले हरेक बर्ष जेष्ट नागरिक आमाबुवालाई सम्मान गर्दै आए अनुसार चालु व र्ष पनि यो कार्यक्रम राखिएको वडाध्यक्ष प्रकाश राउतले बताए । कार्यिक्रममा चौदण्डीगढी नगरप्रमुख कालुमान लामा, उपप्रमुख मणिकादेवी दुलाल, पुर्व प्रदेश सांसद बिमल कार्की, स्थानीय नेता बाबुराम पौडेल तथा कार्यपालिका र वडा सदस्यहरुको उपस्थितिमा जेष्ट नागरिकलाई सम्मान गरियो । 


सम्मान गर्दै मेयर लामाले चौदण्डीगढी नगरभित्रका जेष्ठ नागरिक आमाबुवाको स्वास्थ्य र सुरक्षामा आफु सँधै संवेदनशील भएर लागिरहेको बताए । नगरभित्रका जेष्ठ नागरिक सदस्यहरु सिंगो नगरका बुवाआमा भएको भन्दै मेयर लामाले आफ्ना छोराछोरीले गर्ने सम्मानमा कहिल्यै कन्जुस्याँई नहुने प्रतिबद्धता जनाए । ‘जेष्ठ नगारिक आमाबुवा हामी सबैका अअभिभावक हुन्, नगरपालिका र जनप्रतिनिधि छोराछोरी हुन्’ मेयर लामाले भने ‘आमाबाउको सेवा र सुरक्षा गर्नु हरेक छोराछोरीको कर्तव्य हो ।’ 


आप्mना सन्तानले सबै बुवाआमाको इच्छा अनुसार सेवा गर्नुपर्ने कर्तव्य अनुसार जेष्ठ नागरिकको स्वास्थ्य र सुरक्षामा ख्याल राख्न नगरपालिका सँधै तत्पर रहेको मेयर लामाको भनाई थियो । जेष्ठ नागरिकको समस्या सम्बोधन गर्दै केही समयपछि नै सबैको निःशूल्क उपचार गर्ने व्यवस्था गर्ने प्रतिबद्धता पनि लामाले व्यक्त गरे । चौदण्डीगढीका जेष्ठ नागरिक आमाबुवाहरु सामान्य उपचारका लागि नगरबाहिर जानु नपर्ने वातावरण बनाउन नगर अस्पताललाई स्तरान्नति गरी सुबिधायुक्त बनाउदै लगिने लामाको प्रतिबद्धता थियो । 


कार्यक्रममा नगर उपप्रमुख दुलालले अग्रजको सम्मान गर्न पाउँदा आफुलाई खुसी लागेको बताईन् । आजका बालबालिका भोलिका वयस्क, पर्सी प्रौढ र पछि बृद्ध भएर जेष्ठ नागरिकमा परिणत हुने भन्दै उपमेयर दुलालले भोलि आफुले सम्मान लिनका लागि पनि आजका जेष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने बताईन् । 


वडा कार्यालयले जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर, फलफुल खुवाएर सम्मान गरेको हो । वडाध्यक्ष राउतले हरेकवर्ष वडाभित्रका जेष्ठ नागरिकहरुको सम्मान गर्दै आएको बताउँदै वहाँहरुको आशिर्वादले ९ नं. वडा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र अन्य विकास निर्माणमा सुधार गर्दै आउन सफल भईरहेको बताए । ९ नं. अन्य वडाभन्दा धेरै कुरामा अगाडि रहेको दावी गर्दै वडाध्यक्ष राउतले आफु जनप्रतिनिधि रहुन्जेल जेष्ठ नागरिक बुवाआमाको सम्मान गरिरहने दृढता व्यक्त गरे । वडाले हरेकवर्ष जेष्ठ नागरिकलाई यस्तो सम्मानसँगै तीर्थयात्रामा लैजाने गरेको पनि राउतले बताए । 


वडाले हरेकवर्ष सम्मान गर्ने गरेकोमा जेष्ठ नागरिकहरु हर्षित भएर जनप्रतिनिधिलाई आशिर्वाद दिने गरेका छन् । 

-अन्जनी कुमार