बेस्याबृत्ति गराउने होटल सञ्चालक पक्राउ

७ महिना अघि

२0८0 फाल्गुन २ बुधबार
बेस्याबृत्ति गराउने होटल सञ्चालक पक्राउ

उदयपुृर, फागुन २

यहाँका एक होटल व्यवसायी अवैध यौन धन्दा चलाएको आरोपमा पक्राउ परेका छन् । प्रहरीले त्रियुगा नगरपालिका १३ का ४५ वर्षीय दशरथ चौधरीलाई अवैध यौन धन्दा चलाएको आरोपमा बुधबार पक्राउ गरेको हो । 


चोधरीले सञ्चालन गरेको मनिषा होटलमा महिलाहरूलाई विभिन्न प्रलोभन देखाएर अवैध तरिकाले यौनजन्य क्रियाकलाप गराई होटेल सञ्चालन गरेको भन्ने विशेष सूचनाको आधारमा अनुमगन गर्दा दोषी देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ चौधरीमाथि मानव बेचबिखन मुद्दामा कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


उनीमाथि विस्तृत अनुसन्धान गर्न जिल्ला अदालत उदयपुरबाट ५ दिनको म्याद थपिएको प्रहरीले जनाएको छ ।