९ महिना अघि
२0८0 फाल्गुन १ मंगलवारउदयपुर, फागुन १
सदरमुकाम गाईघाटमा दोस्रो प्रदेश महोत्सव मंगलबारदेखि सुरु भएको छ । ‘भाषा, कला र संस्कृतिको उत्थान, बढाउँ उद्योग, व्यापार, कृषि र पर्यटन’ भन्ने मुल नाराका साथ सुरु ‘दोस्रो प्रदेस महोत्सव त्रियुगा–०८०’ त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको आयोजना, त्रियुगा नगरपालिकाको सहकार्य र नेपाल उद्योग बाणिज्य संघको प्रबद्र्धनमा सुरु भएको हो ।
आगामी १० गते फागुनसम्म सञ्चालन हुने महोत्सव गाईघाटस्थित पूर्व–पश्चिम बरुवा वसपार्क परिसरमा सञ्चालन गरिएको छ । महोत्सवमा स्थानीय उत्पादनलाई प्रमुख महत्व दिएर स्टलहरु राखिएको आयोजक संघका अध्यक्ष रमेश रसाईलीले बताएका छन् । उनका अनुसार १ सय ५० स्टल रहेको महोत्सवलाई पर्यटन, कृषि र उद्योगलाई विषेश महत्व दिइएको छ ।
अधिकतर स्टलहरुमा लघु तथा घरेलु उत्पादनहरु राखिएका छन् भने बहुराष्ट्रिय कम्पनीका विलासिताका सामग्रीहरुसमेत महोत्सवमा प्रदर्शन तथा विक्री वितरण गरिने अध्यक्ष रसाईललीले बताए । महोत्सवको अवसर पारेर सदरमुकाममा पहिलो पटक प्याराग्लाईडिङ, ¥याप्mटिङ र साईक्लिङ पर्यटन पनि सुरु हुनेछ ।
त्यसैगरी विविध सांस्कृतिक कार्यक्रम अन्तर्गत दुईदर्जन राष्ट्रिय कलाकार तथा दर्जनौ स्थानीय कलाकारहरुले सांगीतिक प्रस्तुति दिने आयोजक संघका महासचिव दिनेश श्रेष्ठले बताए । श्रेष्ठका अनुसार महोत्सवलाई बृहत र भव्य बनाउन प्रदेश १ का १४ वटै जिल्लाबाट कृषि, उद्यम र व्यापारिक उत्पादन विक्रीका लागि स्टल राखिएको छ ।
महोत्सवमा प्रदेशका १४ मध्ये ९ जिल्लाबाट उद्यम व्यवसायीको सहभागिता गराइएको संघले जनाएको छ । महोत्सवलाई थप आकर्षण दिन ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरु राजेशपायल राई, सविन राई एण्ड द फारो व्याण्ड, मिलन नेवार, मेलिना राई, सृजना खत्री (हाउडे माया) आशिस राना (लाहुरे) र ¥यापर जिबबले प्रस्तुति दिनेछन् ।
त्यसैगरी गायिका शान्ति श्री परियार, अस्मिता अधिकारी, नवराज घोरासैनी, वविता वानिया (जेरी), हाँस्य कलाकार मनोज गजुरेल, रचना रिमाल, आशिष अविरल, राज कुस्मी, समीक्षा चौधरी, बरिष्ठ कलाकार मनोहरी थापा, नन्दु गुरुङ, तारावीर पाण्डे, लोकस्टार विनोद दनुवारको पनि प्रस्तुति रहनेछ ।
महोत्सवमा स्थानीय कलाकारहरु गायक अशोक सिवा, पुजा केप्छाकी मगर, सुनिता कार्की, नृत्यङ्गना रेखा राई, गोपाल कृतिलगायतको प्रस्तुति पनि चाख्न पाइने छ । युनिभर्सल डान्स ग्रुप इटहरीले पनि प्रस्तुति दिने महोत्सवको प्रदेस मुख्यमन्त्री केदार कार्कीले उद्घाटन गरेका छन् । उद्घाटन गर्नुअघि गाईघाटस्थित लोकतान्त्रिक चोकमा भेला भएका विविध जातजातिका भेषभुषासहितको झाँकीसहितको ¥याली बजार परिक्रमा गर्दै महोत्सवस्थल पुगेको थियो ।
उद्घाटन कार्यक्रममा प्रदेश १ का नवनियुक्त खानेपानी, सिँचाई तथा उर्जामन्त्री नारायण बुर्जा तथा कृषि, उद्योग तथा सहकारीमन्त्री रामकुमार खत्री र प्रदेस उपसभामुख सिर्जना दनुवारको पनि उपस्थिति थियो । मन्त्रीद्वय मगर र खत्री तथा उपसभामुख दनुवार उदयपुरकै स्थानीय हुन् ।
महोत्सवमा १ लाखभन्दा बढी आन्तरिक पर्यटकको सहभागिता हुने तथा अपेक्षा आयोजकले गरेको छ । महोत्सवमा गरिने छ । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ संगको समन्वयमा खोटाङ र उदयपुरको विचबाट बग्ने सुनकोसीको फोक्सीन्टार देखि धाप्लाङघाट सम्म ¥याफटिङ तथा त्रियुगा नगरपालिका ११ राते डाडाबाट प्याराग्लाईडिङ समेत उडान गरिने छ ।
संघका प्रथम उपाध्यक्ष नवीन बस्नेतले महोत्सवकै अवसर पारेर फागुन ४ गते लागूऔषध दुव्र्यसनीविरुद्ध सचेतनामुलक कार्यक्रम पनि सञ्चालन गरिनेछ । जिल्लामा बढ्दो लागूऔषधि नियन्त्रण तथा न्यूनिकरण गर्ने उदेश्यले ¥यापर आशिस राना (लाहुरे)को विशेष प्रस्तुति रहने सो दिन जिल्ला प्रहरी कार्यालय र त्रियुगा नगरपालिकाको विशेष समन्वमा सचेतना कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सो दिनको महोत्सवमा प्रवेश निःशूल्क गरिने उपाध्यक्ष बस्नेतले बताएका छन् ।