दोस्रो वडाअध्यक्ष गोल्डकपको उपाधी दुधौलीले चुम्यो

७ महिना अघि

२0८0 माघ २७ शनिबार
दोस्रो वडाअध्यक्ष गोल्डकपको उपाधी दुधौलीले चुम्यो


बिन्द्र राई/ माझखर्क 
उदयपुर, माघ २७


 उदयपुरमा सम्पन्न  दोस्रो वडाअध्यक्ष फूटबल  गोल्डकपको उपाधी दुधौली फूटबल समूहले हात पारेको छ । १६ गते सुरु भई शनिबार सम्पन्न प्रतियोगितामा तालतलैयालाई हराउँदै दुधौली समूह विजयी भएको हो  ।

 

निर्धारित समयावधि दुवैपक्षबाट गोलरहित सकिएपछि टाईब्रेकरमा नतिजा निकाल्नु पर्दा दुधौलीले ट्रफि चुम्न सफल भएको छ । टाईब्रेकरमा दुधौली फूटबल समूह सिन्धुलीले ४-२ को गोल अन्तरले  तालतलैया फूटबल समूह सुनसरीलाई पराजित गरेको छ । प्रतियोयोगिता  बिजेता समूहलाई त्रियुगा नगर उपमेयर महेश्वरी राई र वडाध्यक्ष किरण पाण्डेलगायतले १लाख १ हजार १ सय ११ रुपैँयासहित ट्रफि प्रदान गरे । द्वितीय हुने समूहलाई ५१ हजार १ सय ११ नगदसहित क्रमश मेडल र तक्मा  प्रमाणपत्र प्रदान गरे ।

 


वडा युवा तथा खेलकुद विकास समितिको आयोजना तथा फ्यूजन समूहको समन्वय र त्रियुगा नगरपालिकालगायत विभिन्न संघ सस्थाको सहयोगमा सम्पन्न प्रतियोगितामा विधागत पुरस्कार पनि प्रदान गरिएको थियो ।