उदयपुरको राष्ट्रपति रनिङ शिल्ड कटारीले चुम्यो

७ महिना अघि

२0८0 माघ २७ शनिबार
उदयपुरको राष्ट्रपति रनिङ शिल्ड कटारीले चुम्यो

अभिमन्यू लामीछाने
कटारी, माघ २७

उदयपुरको कटारीमा सम्पन्न यसवर्षको राष्ट्रपति रनिङ सिल्ड कटारी नगरपालिकाले हात पारेको छ । कटारीस्थित त्रिबेणी माविको प्रांगणमा गत विहीबार सुरु भएर शनिबार सम्पन्न ‘१३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ०८०’मा ३१ स्वर्णसहित ७१ पदक जित्दै कटारी नगरपालिका विजेता बन्न सफलभ एको हो । 

 

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ ३ दिन सञ्चालन भएकाने प्रतियोगितामा जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटा स्थानीयतहमध्ये ७ वटाको सहभागिता रहेको प्रतियोगितामा ६ स्थानीयतहले स्वर्ण पदक हात पारेका छन् भने एउटा स्थानीयतह स्वर्णपदकविहीन भएको छ। जिल्लाको लिंमचुङबुङ गाउँपालिका प्रतियोगीतामा सहभागी नभएको आयोजकले जनाएको छ । 

 

प्रतियेगितामा महिला पुरुष भलिबल, कराते, तेक्वान्दो, उसु तथा एथ्लेटिक्समा प्रतिस्पर्धा भएको थियो । एथ्लेटिक्सतर्फ दौड प्रतियोगीताअन्तर्गत १ सय मिटर २ सय, ४ सय मिटर, ८ सय मिटर १५ सय ३ हजार मिटरमा स्पर्धा  गराइएको थियो । त्यसैगरी हाईजम्प, लङ्गजम्प, त्रिपल जम्प, ज्याभलिङ्ग थ्रो, सटपुट र ४ सय रिले र १६ सय मिटरमा रिले दौड गराइएको थियो । 


७ स्थानीयतहका ६ सय ४ खेलाडीको सहभागिता रहेको प्रतियोगितामा २५ स्वर्ण, १७ रजत र ३५ काँस्य गरी कुल ७७ पदक जित्दै त्रियुगा नगरपालिका दोस्रो भएको छ । त्यस्तै उदयपुरगढी गाउँपालिका ४ स्वर्ण, १ रजत र २ कास्य गरी ७ पदक जित्दै तेस्रो भएको छ ।


भलिबल पुरुषतर्फ त्रियुगा नगरपालिका प्रथम भएको छ भनभे  चौदण्डी नगरपालिका दोस्रो भयो । महिला भलिबलतर्फ त्रियुगा नगरपालिका प्रथम हुँदा कटारी नगरपालिका दोस्रो भयो । यस्तै कबड्डीमा पुरुषतर्फ त्रियुगा प्रथम, कटारी दोस्रो भयो भने महिलातर्फ कटारी प्रथम हुँदा त्रियुगा दोस्रो भयो । 


एथ्लेटिक्समा कटारी प्रथम हुँदा त्रियुगा दोस्रो भएको आयोजक जिल्ला खेलकुद विकास समिति, उदयपुरले जनाएको छ । प्रतियोगिताबाट छनौट भएका ९८ जना खेलाडी छात्रछात्राले आउँदो फागुन २४ गतेदेखि सुनसरीको इटहरीमा आयोजना हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउन पाउने खेलकुद विकास समिति प्रमुख  रामबाबु यादवले बताए । 

 

शनिबार आयोजित समापन समारोहमा विजयी खेलाडीहरुलाई कटारी नगरप्रमुख राजेश्चन्द्र श्रेष्ठले पुरस्कार तथा सिल्ड र प्रमाणपत्र वितरण गरे । सो क्रममा बोल्दै मेयर श्रेष्ठले खेलकुदले अनुशासित र गतिसिल बनाउदै स्वस्थ्य नागरिक बनाउन मद्धत गर्ने बताए । खेलकुदबाट जीवनका हरेक गतिबिधिमा सवल र सशक्त बनाउने भएकाले यसको महत्व सँधै रहने मेयर श्रेष्ठको भनाई थियो । उनले खेलकुदलाई राज्यले नै प्रमुख प्राथमिक्ता दिनुपर्नेमा जोड दिदै प्रत्येक खेल बिधाले राष्ट्रिय पहिचान निमार्णमा सहयोग गर्ने बताए । 


कार्यक्रममा कटारी नगरउपप्रमुख गीता खड्का, जिल्ला समन्वय समिति सदस्य विष्णु कटुवाल, कटारी २ वडा अध्यक्ष प्रेम थापा , ३ वडा अध्यक्ष पुष्कर खड्का, त्रिवेणी माविका प्रधानाध्यापक बालकृष्ण कार्की, एमाले कटारी नगर कमिटी अध्यक्ष संञ्जिव कार्की, नेकपा (माओवादी केन्द्र) कटारी नगर अध्यक्ष मणिराज दाहाललगायतले पुरस्कार, प्रमाणपत्र, पदक तथा सिल्ड वितरण गरेका थिए ।