मोटरसाइकल दुर्घटनाबाट युवकको निधन

७ महिना अघि

२0८0 माघ २६ शुक्रबार
मोटरसाइकल दुर्घटनाबाट युवकको निधन

गाईघाट, माघ २६

अघिल्लो राति यहाॅ मोटरसाइकल दुर्घटना हुदाॅ एक युवकको निधन भएको छ । मदन भण्डारी लोकमार्गको गाईघाट-बेल्टार खण्ड त्रियुगा नगरपालिका १३ असारी बेलगाछी चोकमा दुर्घटनामा परी गाईघाटका सृजन कटुवालको निधन भएको हो ।

 

मध्यराति गाईघाटबाट बेल्टारतर्फ जादैँ गरेको प्र १-०५-००१ प्र ४०८५ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदा चालक त्रियुगा ११ पुरानो पेट्रोल पम्प नजिकका २२ वर्षीय कटुवालको टाउकोमा चोट अबस्था बोल्न नसक्ने गरी गम्भीर घाईते भएका थिए। पछाडि सवार त्रियुगा १० बाँसबारीका २१ वर्षीय सुनिल दाहलको अनुहार, दाहिने हात र दुबै खुट्टमा चोट लागेर घाईते भएका छन् ।

 

घाईते दुवै जनाको उद्धार गरी जिल्ला अस्पताल उदयपुरमा उपचारार्थ ल्याएकोमा बुधबार विहान चालक कटुवालको निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घाईते दाहाललाई थप उपचार गर्न विराटनगर रिफर गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले बताएका छन् ।