हराएको मोटरसाइकल ट्राफिकले फेला पारि धनीलाई जिम्मा

७ महिना अघि

२0८0 माघ २४ बुधबार
हराएको मोटरसाइकल ट्राफिकले फेला पारि धनीलाई जिम्मा

अभिमन्यु लामिछाने

कटारी, माघ २४

ट्राफिक प्रहरी पोस्ट कटारीले हराएको मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। कटारी २ का रोशन थापा मगरले ३ दिनअघि हराऐको प्रदेश २-०१-० ०१ प ४२५४ नम्बरको मोटरसाईकल खोजिदिन आग्ररह गरेका थिए । उनको उजुरीपछि ट्राफिकले खोजीमा सक्रियता देखाउदा फेला पारी सवारीधनीलाई जिम्मा लगाएको हो ।

 

खोजतलास गर्दा फेला पारेको मोटरसाइकल सम्बन्धित धनीलाई बोलाएर बुधबार इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी सुभास राई र कटारी ट्राफिक इन्चार्ज श्रेमनोज ष्ठले जिम्मा लगाए ।

 

इन्चार्ज श्रेष्ठले चोरीबाट बॅच्न सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलार्म (घण्टी) लगायत उपकरण जडान गर्न सुझाएका छन् ।त्यसैगरी घर कम्पाउण्डमा पार्किङ गरेको भनि ढुक्क नपर्न, एकै छिन त हो भनी अतिरिक्त लक लगाउन अल्छी नगर्न पनि उनको सुझाव छ ।