लागू औषधसहित ३ जना पक्राउ 

७ महिना अघि

२0८0 माघ २४ बुधबार
लागू औषधसहित ३ जना पक्राउ 

उदयपुर, माघ २४

प्रहरीले उदयपुर, झापा र मोरङबाट ३ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । उदयपुरको चोदण्डीगढी नगरपालिका ५ शिवाईबाट एकजना, झापाको मेचीनगरबाट एकजना र मोरङको विराटनगरबाट एकजनालाई पक्राउ गरेको हो । 


अघिल्लो दिउँसो आम्बासी प्रहरी बिटबाट खटिएको टोलीले चौदण्डीगढी ३ का २४ वर्षीय राजेश परियारलाई १९ ट्याप्लेट लागूऔषधसहित पक्राउ गरेको हो । त्यसैगरी झापाको मेचीनगर नगरपालिका ६ स्थित लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले भारतबाट नेपाल आउदै गरेका शिवसताक्षी नगरपालिका ५ का २३ वर्षीय शायद बोहोरा पक्राउ परेका हुन् । चेकजाँचको क्रममा बोहराको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद भएको छ । 


त्यस्तै लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको टोलीले मोरङको बिराटनगर १५ बाट सुनसरी बराहक्षेत्र नगरपालिका २ का २१ बर्षीय बिजय दासलाई ४६ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ सबैलाई सम्बन्धित प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भईरहेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।