२ फरार प्रतिबादी पक्राउ

७ महिना अघि

२0८0 माघ २३ मंगलवार
२ फरार प्रतिबादी पक्राउ

उदयपुर, माघ २३

जिल्ल प्रहरी कार्यालय उदयपुरले फरार २ जना प्रतिबादी पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गाईघाट तरकारी बजारबाट खटेको टोलीले मंगलबार  लागू औषध र गाली बेइज्जत मुद्दामा अदालतबाट दोषी ठहरिएन पनि फरार रहेका पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा लागू औषध मुद्दामा ३७ दिन कैद सजाय सुनाइएका त्रियुगा नगरपालिका १० का ईशान राई  र गाली बेइज्जत मुद्दामा ५ सय जरिमाना तोकिएका त्रियुगा नगरपालिका १३ का उजुरी चौधरी रहेका छन् ।

 

अदालतले सजाय सुनाएछ पनि फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरि फैसला कार्यान्वयनको लागि सम्मानित उदयपुर जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।