उदयपुर सिमेन्ट सुचारु हुन्छ: प्रधानमन्त्री

७ महिना अघि

२0८0 माघ २0 शनिबार
उदयपुर सिमेन्ट सुचारु हुन्छ: प्रधानमन्त्री

जलजले (उदयपुर), माघ २०

प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेलाई सुचारु गर्ने प्रतिबद्धता जनाएका छन् । शनिवार दिउसो जिल्ल्को पहाडी रौतामाई गाउँपालिका केन्द्र भुटारमा निर्मित प्रशासनिक भवनको उद्‍घाटन गरि प्रधानमन्त्री प्रचण्ड साॅझ जलजले आएका हुन् ।

 

त्रियुगा नगरपालिका ६ जलजलेमा रहेको पूर्ण सरकारी स्वामित्वको गैँडा छाप सिमेन्ट उत्पादक दयपुर सिमेन्ट अवलोकन गर्दै उनले छिट्टै सुचारु गर्ने प्रबन्ध मिलाइने बताए। उद्योगको प्लान्टलगायत महत्वपूर्ण संरचनाको अवलोकन गर्दै प्रचण्डले रुग्न अवस्थामा रहेका देशभरीका सरकारी उद्योग तथा कलकारखानालाई सञ्चालनमा ल्न्याइने बताए। 

 

प्रधानमन्त्रीलाई महाप्रबन्धक (जिएम) खगेन्द्र बस्नेतले उद्योगको समग्र अवस्थाबारे जानकारी गराएका थिए । उद्योगको निरीक्षण अवलोकनपछि प्रधानमन्त्री दाहालले उद्योगलाई यही अवस्थामा नराखी स्तरोन्नति गरेर चलाउनुपर्ने बताए । आफूले यो उद्योगको समस्यालाई गम्भीर रुपमा लिएको उल्लेख गर्दै उनले उद्योगलाई दीर्घकालीन रुपमा सञ्चालन गर्न सरकार तयार रहेको बताए ।

 

नेपाल र जापान सरकारको संयुक्त लगानीमा ०४६ मा स्थापित सो उद्योग व्पवस्थापकीय कमजोरीका कारण धरासायी हुदै पछिल्लो एक वर्षपता टाट पल्टेको छ । टाट पल्टदै गएपछि दैनिक ८ सय मेट्रिक टन सिमेन्ट उत्पादन क्षमताको उद्योग पछिल्लो समय बन्द हुन पुगेको छ ।

 

तत्कालीन जिएम गोपी न्यौपानेले एक वर्षअघि राजीनामा दिएपछि हालसम्म उद्योग प्रशासनिक नेतृत्वबिहीन छ । उद्योग मन्त्रालयले गत भदौमा खुल्ला प्रतिस्पर्धाबाट जिएम नियुक्त गर्ने सूचना प्रकाशित गरे पनि हालसम्म छनौट प्रकृया पुरा भएको छैन । बरु मन्त्रालयका उपसचिव बस्नेतलाई काम चलाउ जिएम खटाइएको छ ।

 

स्थानीय उद्योग सुचारु गर्न चर्को दवाव दिदै यसअघि नै प्रधानमन्त्रीको ध्यानाकर्षण गराईसकेका छन् ।