प्रधानमन्त्री प्रचण्ड आज भुटार आउने

७ महिना अघि

२0८0 माघ २0 शनिबार
प्रधानमन्त्री प्रचण्ड आज भुटार आउने

भुटार, माघ २० 

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज उदयपुरको भुटार आउँदै छन् l रौतामाई गाउँमापालिकाको नब निर्मित प्रशासनिक भवनको उद्‍घाटन गर्न प्रचण्ड यहाँ आउन लागेका हुन् l

 

भुटारमा गाउँपालिकाले झन्डै ८ करोड लागत मूल्यमा अत्याधुनिक प्रशासनिक भवन भर्खर निर्माण सम्पन्न गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक बस्नेतका अनुसार २८ कोठा रहेको ४ तले भवन निर्माण गर्न संघीय सरकार र गापालिकाको ७ करोड ८७ लाख खर्च भएको छ l

 

रौताहा-धुलिखेल-सुसम-आदित्य जेविले सो भवन गत ०७७ सालमा ठेक्का सम्झौता गरेर थालेको काम गत आयोजना सम्पन्न गरे पनि उद्‍घाटन हुन बाँकी थियो l 

 

अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत कार्यकक्ष तथा विषयगत शाखा र सभा कक्ष रहेको नयाँ भवन प्रधानमन्त्रीले उद्‍घाटन गरेपछि सञ्चालन हुने गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगरले बताए l

 

प्रधानमन्त्रीको स्वागतका लागि सबै तयारी पूरा भएको पनि अध्यक्ष मगरले बताएका छन् l उनको सुरक्षाको लागि प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, एसपि रमेश थापालगायतका सुरक्षा निकाय प्रमुख दलबलसहित शुक्रबार नै कार्यक्रमस्थल पुगिसकेको अध्यक्ष मगरले बताएका छन् l