ज्यान मुद्दामा फरार एक पक्राउ

७ महिना अघि

२0८0 माघ १६ मंगलवार
ज्यान मुद्दामा फरार  एक पक्राउ


बिन्द्र राई/ माझखर्क 

उदयपुर,माघ १६
उदयपुरको कर्तव्य ज्यान मुद्दाका  एक जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

 

त्रियुगा नगरपालिका -१५ स्थाई घर भई जिल्ला  काठमाडौ बस्दै  आएका बर्ष ३२ को पवन मगरलाई   टोखा नगरपालिका-८  बानियाटार स्थितबाट    पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

जिल्ला अदालत उदयपुरले पक्राउ परेका मगरलाई ज्यान मुद्दामा २०७० साल चैत १७ गते ३ बर्षको कैद सजाए सुनाएको थियो ।

 

पक्राउ परेका उनलाई जिल्ला अदालत  उदयपुर  समक्ष बुझाईएको  जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।