गाईघाटमा सिटी सवारीको आन्दोलन

७ महिना अघि

२0८0 माघ १६ मंगलवार
गाईघाटमा सिटी सवारीको आन्दोलन

दिनेश चामलिङ
गाईघाट, माघ १६
     
उदयपुर सदरमुकाम गाईघाट बजारमा संचालनमा रहेका सिटि सफारिहरु आन्दोलनमा उत्रिएका छन । अनाबश्यक ट्राफिक आतंकको बिरुद्ध आन्दोलन गर्नुपरेको उनीहरूको भनाइछ । 


पुरानो सवारी अनुमरिपत्र परिबर्तन गर्न र तत्काल रुट पर्मिट अनिबार्य गराउन भन्दै अन्यथा जरिमाना बापत ट्राफिक प्रहरीले प्रतिदिन १ हजार रुपैया लिने गतेपछिआन्दोलन गर्नुपरेको सिटि चालक रितेश कोईरालाले बताए । उनका अनुसार  यातायात कार्यालयको नीति बिपरित सिटीहरू जान नचाहेपनि जबर्जस्ती गरेकाले आन्दोलनमा उत्रिनुपरेको हो l 


पहिला यो नीति नभएको र यो ब्याबसाय गर्नेहरुसंग रुट पर्मिट लिन पर्याप्त रकम नभएकोले केही समय चाहिएकाले तत्कालका लागि ट्राफिक कार्बाही रोक्न र सिटि चालकहरूलाई आबश्यक समय दिन सामुहिक माग उनीहरूले गरेका छन् l


त्यसैगरी, रुट पर्मिटको राजश्व रकम प्रतिसिटी ७ हजार भएको र समयको हदबन्दिले पुराना सफारिलाई बढी रकम पर्ने भएकोले सबैलाई एकरुपता बनाउन अर्का चालक तुल बहादुर तामाङ्ले आग्रह गरे । तामाङले गुनासोपोखे 'दिनभरी ७ सयदेखि बाढीमा १ हजार कमाई हुन्छ, त्यो पनि ट्राफिकलाई बुझाएपछि बिहान-बेलुकाको छाक र किस्ता कसरी तिर्नु ? 


यहाँ, करिब ३ सय हाराहारि संख्यामा सिटिहरू सञ्चालित छन् l तर ब्यथा सबैको एउटै भएको गुनासो उनीहरूले  गरे । त्यसैले सम्पुर्ण सिटि ब्याबसायिहरुको पिर र मार्कालाई बुझेर सरकारले नीति, नियम बनाओस भन्ने  सामुहिक अपेक्षा रहेको अर्का सिटि ब्याबसायी नीरबहादुर बिष्टले बताए ।