९ महिना अघि
२0८0 माघ १४ आईतवार
बिन्द्र राई/माझखर्क
उदयपुर,माघ १४
प्रथम उदयपुर एक्स्पो २०८० उदयपुरमा सुरु भएको छ । जिल्ला उधोग बाणिज्य संघ उदयपुरको आयोजनामा आईतवार त्रियुगा नदी किनारमा संचालन गरिएको महोत्सव राजनीतिक दल ,विभिन्न संघ संघ सस्थाहरुका प्रतिनिधिहरुका उपस्थितीमा सास्कृतिक कलाकारहरुका नृत्यका साथ बिविध कार्यक्रमहरु गरी बिधिवत रुपमा महोत्सवको उद्घाटन गरिएको हो ।
जिल्ला उधोग बाणिज्य संघ उदयपुरको अध्यक्ष चुडामणी कार्कीले जिल्लाको समग्र आर्थिक , सास्कृतिक ,पर्यटन विकास, स्थानीय परिकार खानेकुरा, उत्पादनहरुका प्रबर्द्धनका साथै रोजगारीका वातावरण सिर्जना गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको ।बताए ।
कोशी प्रदेश साम्सद तथा पूर्व मन्त्री हिमाल कार्कीले महोत्सव संचालनको बिषयलाई जोडेर नगरपालिका बाधक हुन खोजेको आरोपको सन्दर्भ निकाल्दै अदालतले सहयोगी भूमिका निर्बाह गरेको बताए ।कार्कीले महोत्सव संचालनको लागि सबैको हातेमालो र सहयोग आबश्यक पर्ने बताए ।
उनले जिल्ला उधोग बाणिज्य संघले ८ वटै पालिकामा छोटो समयमा आफ्नो क्षेत्र बिस्तार गरेसङ्गै शुभकामना पनि दिए ।
महोत्सवमा स्थानीय खानेकुराहरुका परिकार, मनोरञ्जनका विभिन्न किसिमका दर्जनौं स्टलहरु रोटेपिङ्ग राखिनुका साथै राष्ट्रिय कलाकार कमेडियन धुर्मुश सुन्तली, कुन्जना घिमिरे , सिताराम कट्टेल, गायिका एलिना चौहान ,प्रमोद खरेल लगायतका बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।