जनज्योति माविको ६१ औं स्थापना दिवस धुमधाम

८ महिना अघि

२0८0 माघ १२ शुक्रबार
जनज्योति माविको ६१ औं स्थापना दिवस धुमधाम


बिन्द्र राई/माझखर्क 

उदयपुर, माघ १२

त्रियुगा नगरपालिका -७ चुहाडे स्थित रहेको जनज्योति माध्यामिक विद्यालयले धुमधाम बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सव कार्यक्रमको उद्घाटन प्रदेश सभा सदस्य तथा नेपाली काङ्ग्रेस जिल्ला सभापती हिमाल कार्कीद्वारा  दिप प्रज्वलन गरि  विधिवत रुपमा गरिएको थियो ।


जनज्योति माध्यामिक विद्यालयको आयोजनामा शुक्रवार ६१ औं स्थापना दिवसको अवसर पारेर विद्यालयले बार्षिकोत्सव कार्यक्रम मनाएको थियो। बार्षिकोत्सवको अबसर पारेर जनज्योति माध्यामिक विद्यालयको प्रधानाध्यापक धर्मानन्द खतिवडाले विद्यार्थी ,स्थानीय, अभिभावक,विभिन्न संघ सस्थाहरुका प्रतिनिधिहरुका उपस्थितमा विद्यालयको शैक्षिक  विकासका लागि अभिभावक भेलामा प्रस्तुत कार्यपत्र २०८० प्रस्तुत गरेका थिए ।

 

खतिवडाले  कार्यपत्रमा विद्यालयको विद्यार्थी संख्या,शिक्षक, कर्मचारी संख्या, सिकाई उपलब्धि,आर्थिक  विबरण  उल्लेख गरेका छन् । उनले विद्यालयको सबल पक्षहरु, सुधार गर्नु पर्ने पक्षहरु,भबिस्यमा विद्यालयको सुधार र विकासका लागि नंया रणनीतिक कार्यदिशा प्रतिबेदनमा प्रस्तुत गरेका थिए । उनले विद्यालयको अङ्ग्रेजी माध्यमलाई प्रभावकारी बनाउन आर्थिक कोषको स्थापना र  विद्यार्थीको शैक्षिक गुणस्तर र नियमितताको लागि  अभिभावक महिनामा एक पटक विद्यालयमा उपस्थित हुनुपर्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।