जेष्ठ नागरिक अशक्त अपाङ्गलाई दोसल्ला ओढाएर सम्मान

८ महिना अघि

२0८0 माघ १२ शुक्रबार
जेष्ठ नागरिक अशक्त अपाङ्गलाई दोसल्ला ओढाएर सम्मान

बिन्द्र राई/माझखर्क

उदयपुर, माघ१२

 

उदयपुरमा जेष्ठ नागरिकहरुलाई अबिरका साथै दोसल्ला ओढाएर सम्मान गरिएको छ । त्रियुगा नगरपालिका - ६ वडा कार्यालय जल्जलेले शुक्रबार आयोजना गरेको जेष्ठ नागरिक अशक्त अपाङ्ग सम्मान कार्यक्रममा जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

 

त्रियुगा नगरपालिका -६ जल्जलेको वडा अध्यक्ष योगेन्द्र दाहालले बर्तमान समयमा नया पीडिहरुमा अग्रज जेष्ठ नागरिक पूर्खाहरुप्रतिको प्रेम, सम्मान र आदर, सहयोग हराउँदै गईरहेको परिस्थितिलाई मध्यनजर गरेर आम मानिसमा एउटा शिक्षाको रूपमा संचार होस् भनेर यस किसिमका कार्यक्रमहरु आर्थिक बर्षको बजेट यस किसिमका कार्यक्रमहरु संचालन गरिदै आएको बताए ।

 

कार्यक्रममा वडाको १९ वटा टोल बिकास सस्थाहरुबाट ७० बर्ष उमेर नाघेका ३ शय ७८ जना जेष्ठ नागरिकहरुले सहभागीता जनाएका थिए । जसमा २६ जना जेष्ठ नागरिकहरु अशक्त अपाङ्ग रहेको थियो ।