मेलामा ‘झेला’ 

८ महिना अघि

२0८0 माघ ११ बिहीबार
मेलामा ‘झेला’ 

गाईघाट, माघ ११

कोविड कहरका कारण  ६ वर्षपछि सदरमुकाम गाईघाटमा लगाउन लागिएको व्यापारिक महोत्सव (मेला दुईपक्षबीचको ‘झेला’ले समस्या उत्पन्न भएको छ । विगत वर्षहरुमा व्यापारीहरुको एउटै संस्था त्रियुगा उद्योग बाणिज्य संघ रहेकाले उसैको आयोजनामा वर्षेनी मेला लाग्ने गरेको थियो । तर, केही वर्षअघि त्रियुगा उद्योग बाणिज्य संघभित्र सुरु भएको खटपट उत्कर्षमा पुगेपछि जिल्ला उद्योग बाणिज्य संघ दर्ता भएर आधा व्यापारी त्यसमा आबद्ध भएका छन् । 


मेला लगाउने विषयमा झेल हुनुको मुख्य कारण नै यही हो । त्रियुगा उद्योग बाणिज्य संघ आफै मेला लगाउने तयारीमा छ भने जिल्ला उद्योग बाणिज्य संघले माघ ११ गतेदेखि ‘उदयपुर एक्सपो ९८०’ को नाममा ११ दिने मेला लगाउने तयारी पुरा गरे पनि सुरु हुन सकेन । मेला आयोजना गर्ने गरी यसअघि नै पटकपटक पत्रकार सम्मेलन गरी जानकारी गराईसकेको जिल्ला उद्योग बाणिज्य संघले त्रियुगा नगरपालिका र जिल्ला प्रशासन कार्यालयबाट अनुमति नपाउँदा तोकिएको समयमा सुरु गर्न नसकेको जनाएको छ । मेला लगाउने विषयमा दुई संघबीच तिब्र बिबाद देखिएको नगरपािलकाले जनाएको छ । त्रियुगाले फागुन २ देखि १० गतेसम्म साताव्यापी प्रदेशस्तरीय मेला लगाउने घोषणा गरिसकेको छ । यता जिल्ला उद्योगा बाणिज्य संघले माघ ११ देखि नै लगाउने भएप्छि नगरपालिका र प्रशासनले रोक लगाएको हो । 


सदरमुकामको एउटै बजारमा २ पटक मेला लगाउनु वस्तुगत नहुने भएपछि नगरपालिकाले मिलेर कार्यक्रम गर्न सुझाएको थियो । नगरप्रमुख बसन्तुकुमार बस्नेतले पहिले त्रियुगा उद्योग बाणिज्य संघले प्रदेशस्तरीय महोतसव गर्ने भनेर जानकारी गराईसकेकाले जिल्ला उद्योग बाणिज्य संघलाई अनुमति दिन नसकेको बताएका छन् ।  मिति फरक भएकाले फरक नपर्ने भन्दै अनुमतिका लागि जिल्ला उद्योग बाणिज्य संघको पटक पटक अनुमतिका लागि आग्रह गरे पनि मेयर बस्नेतले चासो नदिएको गुनासो  छ । 


जिल्ला संघका अुनसार नगरपालिकाले अनुमति नदिए पनि तयारी भने तिब्र बनाउँदै लगेको जिल्ला उद्योग बाणिज्य संघले पूर्वसन्ध्यानमा जिल्ला प्रशासन कार्यालयको मुख ताक्दै शान्ति सुरक्षाको व्यवस्था गर्न आग्रह गर्न पुगेको प्रतिनिधिमण्डललाई नगरपालिकालाई अनादर हुनेगरी शान्ति सुरक्षा दिन नसक्ने जवाफ पाएको जनाइएको छ । यद्यपी प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले नगरप्रमुख र उपप्रमुखसहित दुवै संघका पदाधिकारीलाई सँगै राखेर छलफल गराएको बताएका थिए ।  छलफलमा चालु वर्षको मेला त्रियुगा उद्योग बाणिज्य संघले लगाउने, जिल्ला उद्योग बाणिज्य संघले मेलाको तयारी गर्दा लागेको  खर्च बेहोर्ने भद्र सहमति भएको सिडिओ घिमिरेले बताएका थिए ।


जिल्ला संघले त्रियुगा नदी किनारमा गरेको तयारीमा २६ लाख खर्च भएको दावी गरेको छ । सो खर्च बेहारिदिएको खण्डमा यित्रुगालाई छाडिदिने सहमति भएकोमा कबोल बमोजिम खर्च बेहोर्न नमानेपछि बाध्य भएर महोत्सव गर्नुपरेको जिल्ला संघले जनाएको छ । यसका लागि जिल्ला संघले उच्च अदालत बिराटनगरबाट अन्तरिम आदेश लिएको छ ।  अदालतको बुधबार जारी आदेश अनुसार घोषित मिति माघ ११ गते नभ्याएपछि १४ गते अर्थमन्त्री डा. प्रकाशशरण महतबाट औपचारिक उद्घाटन गरेर महोत्सव गर्ने संघले जनाएको छ ।