साकेलाका स्वास्थ्यकर्मीलाई स्मार्ट फोन

८ महिना अघि

२0८0 माघ १0 बुधबार
साकेलाका स्वास्थ्यकर्मीलाई स्मार्ट फोन

खोटाङ, माघ १० 

खोटाङको साकेला गाउँपालिकाका स्वास्थ्यकर्मीलाई स्मार्ट फोन वितरण गरिएको छ । जनस्वास्थ्य सेवा प्रभावकारी बनाउँदै नागरिकको स्वास्थ्योपचारमा पहुँच पुर्याउने उदेश्यले गाउँपालिकामा कार्यरत सबै स्वास्थ्यकर्मीलाई पोस्टपेड सिमकार्डसहितको स्मार्ट फोन वितरण गरिएको हो । 

 

गाउँपालिकाबासी नागरिकको स्वास्थ्योपचार र अन्य स्वास्थ्यमा पहुँच विस्तार गर्न सहज होस् भनेर सबै स्वास्थ्यकर्मीलाई स्मार्ट फोन वितरण गरिएको अध्यक्ष रविप्रकाश राईले बताए । उनको निर्देशन अनुसार एक आधारभूत अस्पतालसहित ३ वटा स्वास्थ्यचैकी र ३ वटा सामुदायिक स्वास्थ्य इकाई केन्द्रलाई भर्खरै सिमकार्डसहितको स्मार्ट फोनसेट उपलब्ध गराइएको हो । 


स्मार्ट फोन पाएपछि नागरिकले कुनै पनि स्वास्थ्य समस्या आईपरे तत्काल स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न सक्ने र २४ सै घण्टा सेवाग्राही लाभान्वित हुने अध्यक्ष राईको बुझाई छ । अत्यावश्यक परेका बेला सम्पर्क गर्न सहज होस् र नागरिकले तत्काल स्वास्थ्य सेवा पाउन सकुन् भन्ने उदेश्यले यो काम गरिएको उनले बताए । 


उीहरुलाई दिइएको स्मार्ट फोन अस्पताल, स्वास्थ्य चौकी र स्वास्थ्य उपचार केन्द्रका इञ्चार्जको साथमा रहने भएकाले सेवा लिनु परे २४ सै घण्टा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ । यदि इन्चार्ज बिदामा बसेको भए पनि निमित्त इन्चार्जको साथमा सो फोन रहने भएकाले नागरिकहरु जुनसुकै बेला सम्पर्क गरेर स्वास्थ्य सेवा पाउन सक्ने अध्यक्ष राईले बताए । 

 

गाउँपालिकाले आयोजना गरेको स्वास्थ्यकर्मीहरुको अन्तरक्रियात्मक कार्यक्रममा स्मार्ट फोन वितरण गरिएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राईले रास्वास्थ्यकर्मीहरुलाई स्मार्ट फोन हस्तान्तरण गर्दै यसले साकेलाबासीको स्वास्थ्यमा उल्लेख्य सुधार आउने अपेक्षा गरे । उनले जनताको स्वास्थ्य उपचार र स्थ्यकर्मीहरुको कामको तत्परतालाई सहज बनाउन स्मार्ट फोनको व्यवस्था गाउँपालिकाले गरेको भन्दै त्यसको भरपुर सदुपयोग गर्न 
 स्वास्थ्कर्मी र नागरिकहरु लागी पर्नुपर्नेमा जोड दिए । 


वितरण गरिएको फोन नम्बर:-

साकेला १, बाँझेच्याडडाँडा ९८५२८५२८१३ 
साकेला १, आधारभूत स्वास्थ्य केन्द्र डाँडागाउँ ९८५२८५२८१४ 
साकेला २, रतन्छा आधारभूत अस्पताल ९८५२८५२८१५ 
साकेला ३, स्वास्थ्य चौकी खिदिमा ९८५२८५२८१६  
साकेला ३, किवा, सामुदायिक स्वास्थ्य इकाई ९८५२८५२८१७ 
साकेला ४ मात्तिम, आधारभूत स्वास्थ्य इकाई केन्द्र ९८५२८५२८१८ 
साकेला ५, मात्तिम स्वास्थ्य चौकी मात्तिम ९८५२८५२८१९


साकेलाबासी कुनै पनि नागरिकलाई आवश्य स्वास्थ्य समस्या परमा कुनै पनि बेला माथि उल्लेखित मोवाईल नम्बरमा सम्पर्क गर्नसक्ने र तत्काल उपचार सेवामा स्वास्थ्यकर्मीहरु खट्ने हाकिम राईले बताएका छन् ।