सशस्त्र प्रहरी दिवसमा २१ ले दिए रगत  

८ महिना अघि

२0८0 माघ ९ मंगलवार
सशस्त्र प्रहरी दिवसमा २१ ले दिए रगत  

उदयपुर, माघ ९

सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण त्रियगा हेडकवटर उदयपुृरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘२३ औँ सशस्त्र प्रहरी दिवस ०८०’को अवसर पारेर गणले रक्तदान कार्यक्रम आयोजना गरेको हो । 


त्रियुगा नगरपालिका १० बोक्से रातमाटेस्थित गण परिसरमा आयोजित कार्यक्रममा २१ जना विभिन्न व्यक्तिले रगतदान गरेको गणले जनाएको छ । दिवसको अवसर पारेर साताव्यापी विभिन्न गतिबिधि गर्ने क्रममा गणले रक्तदान कार्यक्रम गरेको हो । 


जिल्ला अस्पतालमा रगतको अभावमा कसैको ज्यान खतरामा नपरोस् भन्ने उदेश्यले रक्तदान कार्यक्रम गरेको गणपति एसपी अशोककुमार शाक्यले बताए । शाक्याका अनुसार गणले यसअघिका वर्षहरुमा पनि रक्तदान कार्यक्रम गर्दै आएको छ । 

नेपाल रेडक्रस सोसाईटी र स्वास्थ्य कार्यालय उदयपुरको प्राबिधिक सहयोगमा सञ्चालित रक्तदानमा सशस्क्र प्रहरीका डिएसपी होमनाथ भट्टराईले पहिलो रक्तदान गरेका थिए भने अन्य अधिकृत र जवानहरुले पनि रगत दिएका छन् । 


दिवस मनाउने सिलसिलामा गणले रक्तदानसँगै विभिन्न खेलकुद तथा सामाजिक गतिबिधि पनि  सञ्चालन गर्ने गरेको छ । यसवर्षको दिवसमा आयोजित खेलकुद प्रतियोगिताहरुमा विजयता बनेकाहरुलाई एसपी शाक्य मंगलबार आयोजित कार्यक्रममा पुरस्कृत गरे ।