मगर समुदायको माघे सक्राती उदयपुरमा धुमधाम

८ महिना अघि

२0८0 माघ ६ शनिबार
मगर समुदायको माघे सक्राती उदयपुरमा धुमधाम


बिन्द्र राई/माझखर्क 


उदयपुर, माघ ६

उदयपुरमा मगर समुदायले धुमधाम 'माघ्यासकराटी तथा हुर्रा महोत्सव २०८०' धुमधाम  मनाएका छन् । नेपाल मगर संघ त्रियुगा नगर समिति ४, ५, ६ को आयोजना तथा त्रियुगा नगरपालिका,रौतामाई गाउँपालिकालगायतको सहयोगमा शनिबार मगर समुदायले त्रियुगा नगरपालिका -४ बगाहा फार्सेटको मगर सङ्ग्रहलायमा माघे सक्राती धुमधामका साथ मनाएको हो ।

 

महोत्सवमा नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष सीता राणा मगरले  माघे सक्रातीको अबसरमा मगर समुदायले यो चाडलाई दशै चाडजस्तै घरघरमा बसेर मनाउदा अति उत्तम हुने बताईन् । मगरले  अहिले नेपालमा मौलिक पर्वहरु लोप हुँदै गईरहेको बताउदै आफ्नो मौलिक पर्व, भेषभूषा, खानपान, सस्कार सस्कृती संरक्षणको लागि आफै लागिपर्नुका साथै  एकजुट हुनुपर्ने बताईन् ।

 

त्रियुगा त्रियुगा नगरप्रमुख बसन्त बस्नेतले माघे सक्राती महोत्सवको अबसरमा शुभकामना दिदै पर्वको  संरक्षणको लागि नगरले सधै साथ र सहयोग गरिरहने बताए । बस्नेतले आफ्नो मौलिक पर्वको सस्कार सस्कृती भेषभूषा,जगेर्ना र सरक्षणको लागि शिक्षाका साथै सम्बन्धित समुदायका नागरिक सचेत हुनुपर्नेमा जोड दिए।  


मगर संघ त्रियुगा नगर कमिटी अध्यक्ष ज्ञानेन्द्र मगरले समुदायको आफ्नो पहिचान सस्कार सस्कृती भेषभुषालगायतको सरक्षण र सम्बर्द्धनका लागि यस किसिमका महोत्सव आयोजना गरिएको बताए । त्रियुगा नगरपालिका, रौतामाई,ताप्ली लगायत पालिकाहरुका वडाहरुबाट प्रमुख, उपप्रमुख, वडाध्यक्ष, विभिन्न संघसस्थाका प्रतिनिधिलगायत आम नागरिकहरुले सस्कृती झल्काउने पोसाक लगाएर सास्कृतिक झाकिसहित सहभागीता जनाएका थिए।

 

महोत्सवमा  राष्ट्रिय तथा स्थानीय कलाकारहरुले पहिचान झल्काउने नृत्य र गायन प्रस्तुत गरेका थिए । पहिचान झल्काउने खानपान र पोषाकहरु पनि महोत्सवमा राखिएको थियो ।