लागूऔषसहित धनकुटाका युवा पक्राउ

८ महिना अघि

२0८0 माघ ४ बिहीबार
लागूऔषसहित धनकुटाका युवा पक्राउ

लागूऔषसहित धनकुटाका युवा पक्राउ 
उदयपुर, माघ ४


उदयपुरबाट लागूऔषधसहित धनकुटाका एक युवा पक्राउ परेका छन् । धनकुटा नगरपालिका ४ का २२ वर्षीय रोशन श्रेष्ठ बुधबार साँझ विभिन्न किसिमका लागूऔषधसहित पक्राउ परेका हुन् । 


श्रेष्ठलाई अस्थायी प्रहरी चौकी चुहाडेबाट खटेको टोलीले त्रियुगा नगरपालिका ८ चुहाडेबाट पक्राउ गरेको हो । उनको साथबाट ५१ थान लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार श्रेष्ठको साथबाट फेनारगन १७ एम्पुल, बु्रपिनोफिन १७ र प्रोमेथाईजिन १७ गरी ५१ एम्पुल लागूऔषध बरामद भएको छ । 


पक्राउ श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखेर अनुसन्धान भईरहेको छ । उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतबाट ७ दिनको म्याद इिएको प्रहरीले जनाएको छ ।