१ नं. प्रदेश प्रहरी प्रमुखमा चन्द्रकुवेर खापुङ

८ महिना अघि

२0८0 माघ ३ बुधबार
१ नं. प्रदेश प्रहरी प्रमुखमा चन्द्रकुवेर खापुङ

विराटनगर, माघ ३ 

प्रदेश १ प्रहरी प्रमुखको कमाण्ड प्रहरी नायव महानिरीक्षक (डिआईजी) चन्द्रकुवेर खापुङले सम्हालेका छन् । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल, काठमाडौँका प्रमुख रहेका खापुङलाई गृह मन्त्रालयको पुस २४ गतेको निर्णय अनुसार प्रदेश प्रहरी प्रमुखको जिम्मेबारी दिइएको हो । 


खापुङले बुधबार प्रदेश कार्यालय बिराटनगर आएर पुदभार ग्रहण गरेका छन् । कार्यालयमा आयोजित एक कार्यक्रमबीच कार्यभार सम्हाल्दै डिआईजी खापुङले प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई कानूनको परिधिभित्र रहेर आआफ्नो पदीय जिम्वेवारी वहन गर्न निर्देशन दिए । समाजमा शान्ति सुरक्षा कायम राख्न अहोरात्र खटेर जनचाहना बमोजिम प्रहरी सेवा प्रदान गर्न निर्देशन दिदै डिआईजी खापुङले कानुनविपरित गर्नेलाई सजायको भागीदार बनाइने बताए । 


कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्र समादेशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजन अधिकारी, प्रदेश प्रहरी कार्यालय बिराटनगरका एसएसपी जयराज सापकोटा, १ नं. प्रदेश प्रहरी कार्यालयका अधिकृतहरू, नेपाल प्रहरी लोकमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, प्रहरी विशेष सुरक्षा गण दुहवी, प्रदेश प्रहरी गण रानी, जिल्ला प्रहरी कार्यलय मोरङ र सुनसरी प्रमुखको पनि उपस्थिति थियो ।