बन कसुरमा फरार प्रतिवादी पक्राउ

८ महिना अघि

२0८0 माघ ३ बुधबार
बन कसुरमा फरार प्रतिवादी पक्राउ

बिन्द्र राई/ माझखर्क 

उदयपुर, माघ ३

उदयपुरमा बन सम्बन्धी  कसुर लागेका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । अस्थायी प्रहरी पोस्ट त्रियुगा नगरपालिका-४ बगाहाबाट खटिएका प्रहरी  टोलीले  बन सम्बन्धी कसुर लागेका एक जना फरार प्रतिवादीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

 

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका -३ बस्ने बर्ष २८ को  मिथुन सदा रहेको  प्रहरीले जनाएको छ । जिल्ला अदालत उदयपुरले बन सम्बन्धी कसुरमा सदालाई   तीन महिना कैद र नगद दुई  हजार रुपैयाँ जरिवाना तोकेको थियो । उनलाई  फैसलाको लागि अदालतसमक्ष बुझाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।