सवारी दुर्घटनामा महिलाको निधन 

८ महिना अघि

२0८0 पुष २६ बिहीबार
सवारी दुर्घटनामा महिलाको निधन 

उदयपुर, पुृस २६

उदयपुर सदरमुकामनजिकै सवारी दुर्घटना हुँदा एक साईकल यात्रीको ज्यान गएको छ । पूर्वबाट पश्चिमतर्फ गईरहेको प्रदेश १–०५–००१ ज ००३५ नम्बरको हायसले पश्चिमबाट आईरहेको साईकललाई ठक्कर दिदा त्यसमा सवार रौतामाई गाउँपालिका ७ का ३८ वर्षीय तुलसी मङरातीको निधन भएको हो । 


बुधबार साँझ ७ः०० बजे त्रियुगा नगरपालिका ८ चुहाडेस्थित मदन भण्डारी लोकमार्गमा भएको घट्नामा गम्भीर घाईते मगरातीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा निधन भएको हो । चालक त्रियुगा नगरपालिका १० का ४५ वर्षीय किशोर पाण्डे र हायस नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।