५ लाख नगद र गाँजासहित २ पक्राउ

८ महिना अघि

२0८0 पुष २३ सोमबार
५ लाख नगद र गाँजासहित २ पक्राउ

उदयपुर, पुस २३ 

यहाँको प्रहरीले गाँजा र नगदसहित आईतबार २ जनालाई पक्राउ गरेको छ । बेलका नगरपालिका ८ कोठुस्थित प्रहरी चेकपोष्टको टोलीले गाँजा र नगदसहित युवाहरु पक्राउ गरेको हो । 


पक्राउ पर्नेमा बेलाका नगरपालिका ३ का २१ वर्षीय पदमबहादुर तामाङ र ९ नं. वडाका २८ वर्षीय बमबहादुर राई रहेका छन् । इलाका प्रहरी रामपुरलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाए अनुसार उनीहरुको साथबाट ६ किलो गाँजा र ५ लाख २० हजार नगद बरामद भएको छ । 


पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय ल्याई हिरासतमा राखेर अनुसन्धान सुरु भएको छ । उनीहरुमाथि सोमबार जिल्ला अदालत उदयपुरबाट १० दिनको म्याद थपेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।