उदयपुरमा बन मुद्दाको फरार प्रतिवादी पक्राउ

८ महिना अघि

२0८0 पुष २0 शुक्रबार
उदयपुरमा बन मुद्दाको फरार प्रतिवादी पक्राउ

      
बिन्द्र राई/ मध्यान्ह 
उदयपुर,पुस २० 


उदयपुरमा बन मुद्दाको दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले बिहीवार  बन मुद्दामा फरार रहेका  दुई जना प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

 

पक्राउ पर्नेहरूमा त्रियुगा नगरपालिका-६  मोहनपुर बस्ने बर्ष  ३४ को कुमार बिक र सोही  ठाउँ बस्ने बर्ष  ३८ को  सागर सदा रहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत उदयपुरले बिकलाई १० दिन कैद र ११ हजार ५ शय ७२ तथा सदालाई   एक महिना कैद भुक्तानीका साथै ११ हजार ५ शय ७२ रुपैयाँ जरिवाना तोकिएको थियो । 

 

पक्राउ परेका उनीहरुलाई अदालत समक्ष बुझाईएको जिल्ला  प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।