चोरी मुद्धाका फरार अभियुक्त पक्राउ  

८ महिना अघि

२0८0 पुष १९ बिहीबार
चोरी मुद्धाका फरार अभियुक्त पक्राउ  

उदयपुर, पुस १९

उदयपुर प्रहरीले चोरी मुद्धाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले जिल्ला अदालत उदयपुरबाट चोरी मुद्धामा १० महिना कैद र १८ हजार रुपैँया जरिवानाको सजाय सुनाएका शोरन भन्ने रुसन भुजेललाई पक्राउ गरेको हो । 


अदालतले दोषी करार गरे पनि भाग्दै आएका त्रियुगा नगरपालिका १३ दनुवारी टोलका ३३ वर्षीय भुेल फरार  रहेका थिए । उनलाई खोजविनकै क्रममा बिहीबार पक्राउ गरिएको हो । 


पक्राउ लगत्तै भुजेललाई फैसला कार्यान्वयनका लागि कारागार शाखा गाईघाट पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।