आउँदो चुनावमा माओबादीले गठबन्धन गर्दैनः बलदेव 

८ महिना अघि

२0८0 पुष १९ बिहीबार
आउँदो चुनावमा माओबादीले गठबन्धन गर्दैनः बलदेव 

सिरिसे, पुस १९


नेकपा (माओबादी केन्द्र)का सचिव तथा पूर्व कृषिमन्त्री चक्रपाणी खनाल (बलदेव)ले आगामी चुनावमा माओबादीले कसैसँग गठबन्धन नगर्ने बताएका छन् । बिहीबार कटारीमा आयोजित पार्टीको ४ महिने नगरस्तरीय रुपान्तरण अभियानको समापन गर्दै सचिव खनालले अवको चुनावमा एक्लै लड्न सक्ने हैसियत बनेको बताए । 


१ नं. प्रदेश इन्चार्जसमेत रहेका खनालले रुपान्तरण अभियानले माओबादी पार्टी सशक्त, मजबुत र संगठित भएको भन्दै अव आउने चुनावमा माओबादी कसैसँग गठबन्धन नगरी एक्लै जित्न सक्ने अवस्थामा पुगेको बताए । यो अभियान पार्टी नेता कार्यकर्तादेखि जनतासम्म संगठितट, सशक्त र सक्षम बनेको भन्दै उनले अव कसैको सहयोगविनै बहुमत प्राप्त गरेर सरकार गठन गर्ने हैसियतमा पुगेको बताए । 


सचिव खनालले भ्रष्टाचारीलाई कारबाही गर्ने कुरामा सरकार नडराई अघि बढ्न  सुझाउँदै त्यसमा सहयोग गर्न गठबन्धन दलहरु अझ मजबुत भएर लाग््नुपर्ने बताए । भ्रष्टाचारीलाई कारबाही गर्ने सवालमा अहिलेसम्म कुनै सरकार नलागेको तर, गठबन्धन सरकारले थालेको कामलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए । 


कार्यक्रममा पार्टी १ नं. प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो)ले माओबादी पाटीि जहिल्यौ जनताको रक्षाका लागि लाग्दै आएको बताए । संघीयता, लोकतन्त्र र जनजीवनका कुरा माओबादीले ल्याएको एजेण्डा भएकाले त्यसको रक्षा र सुधारका लागि पार्टी नेता कार्यकर्ताहरु सबै लागी पर्न आग्रह गरे । 


पार्टी गाउँ नेता इन्द्रबहादुर थापाको अध्यक्षतामा कटारी नगरपालिका ८ सिरिसेमा सम्पन्न कार्यक्रममा पार्टी केन्द्रीय सदस्य केपी बराल, जिल्ला समन्वय कमिटी संयोजक बिनोद कटुवा (दिवस), कटारी नगर कमिटी अध्यक्ष मणिराज दाहाललगायतले पनि बोलेका थिए । उनीहरुले रुपान्तरण अभियानले पार्टी नेता कार्यकर्ता र जनतालाई अभूतपूर्व उर्जा थपेको भन्दै यस्तो अभियान निरन्तर चलाउनुपर्ने माग गरेका थिए । 

 

सचिव खनालले गठबन्धन सरकारले अहिलेसम्मको इतिहासमा कसैले नगरेको भ्रष्टाचारीलाई कारबाही थालेको बताए । देश र जनताले दुःख पाउनुको मुख्य कारण भ्रष्टाचार नै भएको ठोकुवा गर्दै उनले त्यसको न्यूनिकरण र अन्त्यका यो सरकार निरन्तर लागिरहनुपर्नेमा जोड दिए । 

 

भ्रष्टाचारका फाईल एकपछि अर्को खुल्दै गएपछि भ्रष्टाचारका नाईकेहरु आत्तिन थालेको र सरकाबिरुद्ध बिभिन्न अफवाह फैलाउन थालेको भन्दै त्यस्तो अफवाहको पछि नलागि नेताहरुले खवरदारी गरे । उनीहरुले बेथिति र भ्रष्टाचारविरुद्ध निरन्तर कारबाही अघि बढाउदै लगे जनताले स्वतः सुशासनको अनुभूति गर्ने बताएका थिए ।