विद्युत व्यापारका दृष्टिले आजको दिन कोशेढुंगाः प्रधानमन्त्री 

१0 महिना अघि

२0८0 पुष १९ बिहीबार
विद्युत व्यापारका दृष्टिले आजको दिन कोशेढुंगाः प्रधानमन्त्री 

रामेछाप, पुस १९

नेकपा (माओबादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले आजको दिन नेपालका लागि विद्युत व्यापारका दृष्टिकोणले कोशेढुंगा सावित भएको बताएका छन् । रामेछापको सुनापति गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत भारत निकासाी गर्ने व्यापार सम्झौता गरेको दिन भएकाले यो दिन नेपालका लागि कोशेढुंगा सावित भएको बताए । 


अध्यक्ष प्रचण्डले छिमेकी राष्ट्र भारतका विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको अवसरमा भएको सहमतिले नेपालको उर्जा व्यापारमा गुणात्मक फड्को मार्ने बताए । प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममै नेपालले १० वर्षमा १० हजार विद्युत भारतलाई बिक्री गर्ने सम्झौता भएको बताउँदै त्यसको औपचारिक सम्झौता भएको बताए । 

 

उनले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणबाट नेपालले विद्युत निर्यात गर्ने ठोस सम्झौता गर्न पाएको भन्दै यो घट्ना आफैमा ऐतिहासिक उपलब्धि भएृको बताए । यो सहमतिपछि भारत मात्र नभएर बंगलादेशसँग पनि विद्युत निर्यातको ढोका खुलेको उनको भनाई थियो । अब भारतको ग्रिड प्रयोग गरी बंगलादेशसँग विद्युत व्यापार हुने प्रधानमन्त्री दाहालको भनाई थियो।ू


संसदको प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी बाँकी काम टुंगोमा पुर्याउन सत्ता गठबन्धनले राष्ट्रिय सहमति चाहेको पनि प्रधानमन्त्रीले बताए । ूयो सत्ता गठबन्धन बनाउन धेरै मेहनेत परेको भन्दै उनले गठबन्धन सुदृढ गर्न सबै पक्ष दृढ रहेको तर, कतिपय विषयमा मुलुकको लोकतन्त्रकको हितका लागि राष्ट्रिय सहमतिको खाँचो पर्ने आवश्यक्ता औँल्याए ।


अहिले देशमा सदनको प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी काम टुंगाउन राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि गठबन्धन लचिलो हुन खोजेको बताए । 


दाहालले सुनापति गाउँपालिकाले भौतिक विकासमा राम्रो प्रगति गरेको पाएको भन्दै गणतन्त्र र संघीयतालाई मजबुत बनाउने पहिलो खुडकिलो स्थानीयतह भएकाले जनप्रतिनिधिहरु त्यसप्रति सचेत भएर अघि बढ्न सुझाए ।