उदयपुरमा बाख्रालाई देशान, एकै किसानको १५ मरे

८ महिना अघि

२0८0 पुष १८ बुधबार
उदयपुरमा बाख्रालाई देशान, एकै किसानको १५ मरे

 

बिन्द्र राई/माझखर्क

उदयपुर, पुस १८

उदयपुरमा बाख्रालाई देशान लागे संगै एक किसानको १५ बाख्रा मरेका  छन् । त्रियुगा नगरपालिका-१० बोक्से आदर्श टोलमा रहेको हिमचुली कृषि उधम केन्द्रको  बाख्रा पालक कृषक प्रेम बहादुर खड्काले पालिएका बोयर जातको बाख्रामा बिरामी देखिए संगै  १५ बाख्रा र एक गाईको बाछ्छा मरेको हो। गत  शुक्रबार देखि बाख्राहरुमा  छेर्ने, आँखा भासिने र् याल काढ्ने जस्ता लक्षणहरु देखिए संगै बाख्राहरु बिरामी हुने र चार दिन पछि बाख्रा मर्न थालेको कृषक प्रेम बहादुर खड्काले बताए ।खड्काले बाख्राहरुलाई रुखको घाँस मात्र काटेर खुवाउने गरेको छु, उनले भने 'सलान पानी सुई चढाइरहे संगै  उपचार पनि  गरेको गरेको छु उपचार लाग्दैन।' उनले फार्ममा  पालिएका अन्दाजी  ५५ बाख्रामध्ये ३५ वटा जति बाख्रामा बिरामी देखिएको बताए । 

 

बाख्राले जोडी बच्चा जन्माउने गरेको र अहिले  ब्याउने गर्भवती बाख्रा मरे संगै एक बाख्रा मरे बराबर  तीन वटा बाख्राको हिसाबले बाख्रा  मरेको  उनको भनाई छ । उनले फार्ममा बाख्रा संगै केहि गाई पनि पालेका छन् । बिरामीले उनको फार्ममा रहेको १५ वटा बाख्रा र एक गाईको बाछ्छा मरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयपुरको सुचना अधिकृत तेजबहादुर कार्कीले बताए । 

 


कार्कीले बाख्राहरुमा र् याल काढ्ने,झाडापखाला हुने,आँखा गाडिने लगायत लक्षणहरु देखिएको बताए । उनले के कति कारणले बाख्रा मरेको हो त्यसको प्रयोगशालामा परिक्षण गरिने बताए । नगर पशु सेवा शाखा प्राविधिक दिपक शर्मा फुयालले  बिषाक्त खानेकुरा वा अन्य कारणले  सिकिस्त बिरामी भएका बाख्राहरु   उपचार नलाग्ने र तत्काल  मरेको र तत्काल उपचार पाएका  बाख्राहरु बाच्न सक्ने र सुधार हुँदै गएको  बताए । फुयालले  बाख्रा पालक सङ्ग सोधपुछ गर्दा जंगलबाट ल्याईएका  घास खुवाएका जति बाख्राहरु बिरामी भएसंगै उपचार थालिएको र नियन्त्रणमा आएको बताए । उनले के कति कारणले  बाख्रा मरेको हो  त्यो प्रयोगशालाबाट   प्रतिबेदन आएपछि थाहा हुने बताए ।


भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरको प्रमुख पशु चिकित्सक रामनारायण शाहले बाख्रा के कति कारणले मरेको हो अहिले अनुसन्धानको क्रममा रहेको बताए ।