दुर्घटना न्यूनीकरणको लागि रिफ्लेक्टर स्टिकरको अनिवार्य प्रयोग

८ महिना अघि

२0८0 पुष १६ सोमबार
दुर्घटना न्यूनीकरणको लागि रिफ्लेक्टर स्टिकरको अनिवार्य प्रयोग

बिन्द्र राई/ माझखर्क

उदयपुर, पुस १६

उदयपुरमा दुर्घटना न्यूनीकरणको लागि ट्याक्टरहरुमा रिफ्लेक्टर स्टिकरको प्रयोगमा अनिवार्य गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर  र त्रियुगा ट्याक्टर ढुवानी व्याबसायी संघ बीचको समन्वयमा सोमबार उदयपुरको गाईघाटमा सडक दुर्घटना न्यूनीकरणको लागि रिफ्लेक्टर स्टिकर प्रयोगमा अनिवार्य गरिएको   हो । 

 

रात र दिनको समयमा  विभिन्न  सामाग्री ढुवानीमा ट्याक्टरहरु अधिक्तम प्रयोगमा आए  संगै  दुर्घटना पनि बढिरहेको हुदा  न्यूनीकरणको लागि  ट्याक्टरहरुमा अनिवार्य रिफ्लेक्टर स्टिकर प्रयोग गरिएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको प्रमुख प्रहरी  वरिष्ठ नायव निरीक्षक लोक बहादुर दियालीले सडक दुर्घटना न्यूनीकरणको लागि रिफ्लेक्टर स्टिकर प्रयोगमा अनिवार्य गरिएको जानकारी दिए । 

 

दियालीले जाडो समयमा सडकमा हुस्सु सितलहर तथा    रात र दिनको समयमा अगाडि र पछाडिका सवारीसाधन हरुले साईड लाईट (ईन्डिकेटर) देख्न नसक्ने हुदा  दुर्घटना हरु हुने गरेको जानकारी दिए । त्रियुगा  ट्याक्टर ढुवानी  ब्यावसायी संघको अध्यक्ष युवराज पराजुलीले ट्याक्टरहरुमा रिफ्लेक्टर स्टिकर जडानसंगै सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाई छ ।

 

उदयपुरको गाईघाटमा पहिलो पटक १५ थान ट्याक्टरमा रिफ्लेक्टर स्टिकर जडान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।