फरार प्रतिबादी पक्राउ 

८ महिना अघि

२0८0 पुष १६ सोमबार
फरार प्रतिबादी पक्राउ 

उदयपुर, पुस १६

आईतबार प्रहरीले एकजना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । फरार प्रतिबादी खोजी र पक्राउ गरी फैसला कार्यान्वयन गर्ने अभियान अन्तर्गत अदालतबाट दोषी करार भए पनि फरार रहदै आएका अभियुुक्तलाई खोजी गर्ने क्रममा पक्राउ गरेको हो । 


जिल्ला अदालतबाट ३ महिना कैद र १ हजार ५ सय जरिवाना सजायको फैसला सुनाए पनि फरार रहदै आएका त्रियुगा नगरपालिका ९ उत्तराही टोलका ५० वर्षीय लल्कु सदा पक्राउ परेका हुन् ।
    

वन मुद्धामा दोषी करार भएका सदालाई खोजविनको क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले आईतबार फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ सदालाई जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बुझाइएको छ ।