कटारी अस्पताल १ नं. प्रदेशकै उत्कृष्ट

८ महिना अघि

२0८0 पुष १४ शनिबार
कटारी अस्पताल १ नं. प्रदेशकै उत्कृष्ट

अभिमन्यु लामिछाने 
कटारी, पुस १४

प्रदेश १ अन्तर्गतका ३७ स्थानीयतहमध्ये कटारी अस्पताल उत्कृष्ट सावित भएको छ । नेपाल सरकार र प्रदेस सरकारको न्यूनतम सेवा मापनमा कटारी अस्पताल उच्चतम अंक ल्याउँदै उत्कृष्ट सावित भएको हो ।


संघ र प्रदेस सरकारको संयुक्त अनुगमन टोलीले गरेको अनुमगनमा १ सय अंकभारमध्ये ८३ प्राप्त गर्दै उत्कृष्ट सावित भएको हो । प्रदेश स्वास्थ निर्देशनालयले हरेक ६–६ महिनामा गर्ने न्यूनतम सेवा मापदण्ड लेखाजोखा अन्तर्गतको मापनमा प्रदेशभरीका ३३ मध्ये पहिलो र देशभरका नगर अस्पतालमध्ये पनि पहिलो नम्बरमा पर्न सफल भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा कटारी नगरपालिका ४ का वडाध्यक्ष भूपेन्द्रसिंह तामाङले बताए । 


वडाध्यक्ष तामाङका अनुसार कटारी अस्पतालले ६ महिनाअघिको नेपाल सरकार र स्वास्थक्षेत्रका विज्ञहरुले स्वास्थ्य मापदण्ड बमोजिम लेखाजोखा गर्दा ८० अंक पाएको थियो । पछिल्लो अनुगमनमा ८३ अंक पाएर उत्कृष्ट बन्न पुगेको अनुगमन टोली प्रमुख सिर्जन दाहाललाई उद्धृत गर्दै वडाध्यक्ष्ँ तामाङले बताए । दाहालका अनुसार नगर अस्पतालले दिने न्यूनतम सेवा सुधारसँगै बिभिन्न सूचकहरुको माध्यमबाट गरिएको मापन मूल्याकनमा अस्पताल उत्कृष्ट हुन सफल भएको हो । 


दोस्रो स्थान पाउने बर्दिबास नगर अस्पतालले ८० नम्बर प्राप्त गरेको टोली प्रमुख तथा स्वास्थ निर्देशनालय धनकुटाका विज्ञ सिर्जत दाहालले बताए । केही बर्षयता गुणस्तरीय सेवा दिदै आएको कटारी अस्पतालको न्यूनतम सेवा मापन गर्न स्वास्थ्य निर्देशनालय धनकुटाका विज्ञ ढकाल, वरिष्ट कार्यक्रम संयोजक गीता पोखरेल, कार्यक्रम संयोजक आइस्था शाही र सुनसरी अस्पताल प्रमुख डा. श्रेया पंगेनीको टोली अनुगमनमा खटेको  थियो ।


सुनसरी अस्पताल प्रमुख डा. पंगेनीले यो मापन न्यूनतम सेवामा भएको भन्दै सेवा थप प्रभावकारी बनाउन सुझाएकी छिन् । उनले अस्पतालले अझै सुधार गर्नुपर्ने धेरै काम बाँकी रहेको भन्दलै आउँदा दिनमा त्यसतर्फ ध्यान दिन पनि अस्पताल टीमलाई डा. पंगेनीको आग्रह छ । शनिवार एक कार्यक्रमका बीच अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. गौरव साहले अस्पतालको सेवा प्रवाह, गर्र्नुपर्ने सुधार र समस्या तथा चुनौति बिषयमा प्रष्ट्याए ।  


कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले अस्पतालले यति प्रगति गर्न अस्पताल प्रमुखदेखि कार्यालय सहयोगीसम्म र व्यवस्थापन समिति पदाधिकारीदेखि जनप्रतिनिधि र सर्वसाधारणसम्मको योगदान रहेको बताए । अस्पताललाई अहिले यो अवस्थासम्म ल्याउन मेहनेत र लगाव लगाउने सवै पक्षलाई धन्यबाद दिदै मेयर श्रेष्ठले आगामी दिनमा थप सुदृढ र जनतामैत्री अस्पतालको रुपमा विकास गर्न आग्रह गरे । 


यो अस्पताल कटारी नगरपालिकाको गौरव भएको भन्दै मेयर श्रेष्ठले यसको सुधार गर्ने कुरामा नगरपालिका र आफु सधैं लागिरहने प्रतिबद्धता जनाए । व्यवस्थापन समिति अध्यक्ष तथा वडाध्यक्ष तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरउपप्रमुख गीता खड्का, मेसु साह, विशेषज्ञ चिकित्सक डा. सन्तोष साह,  २ नं. वडाध्यक्ष प्रेमबहादुर थापा, ३ का पुष्कर खड्का, ५ का मोहन तामाङलगायत अस्पताल परिवार र स्वास्थ्यकर्मीहरुको सहभागिता थियो ।