उदयपुरमा गाजा सहित तीन पक्राउ

८ महिना अघि

२0८0 पुष १३ शुक्रबार
उदयपुरमा  गाजा सहित तीन पक्राउ

              बिन्द्र राई/ माझखर्क

उदयपुर,पुस १३

उदयपुरमा गाजा सहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले बिहिवार बेलका नगरपालिका-८ सेती खोला नजिकबाट ११ केजी ८ शय २० ग्राम गाजा सहित  तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

 

पक्राउ पर्नेहरूमा  बेलका नगरपालिका-८ बस्ने बर्ष ४० को मुगालाल राई ,सोहि ठाउँ बस्ने बर्ष २१को सुवाश राई र सुनसरी  बराह नगरपालिका-६ बस्ने बर्ष -४१ को शङ्कर माझीलाई  पक्राउ  गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुका सम्बन्धमा जिल्ला अदालत उदयपुरबाट १० दिनको म्याद   थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।