पत्रकार-सिडिओ सात्क्षात्कार: जिल्लाको शान्ति सुरक्षाप्रति जिम्मेबार 

८ महिना अघि

२0८0 पुष १२ बिहीबार
पत्रकार-सिडिओ सात्क्षात्कार:  जिल्लाको शान्ति सुरक्षाप्रति जिम्मेबार 

बिन्द्र राई
उदयपुर, पुस १२

उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले आफुु जिल्लाको शान्ति सुरक्षाप्रति जिम्मेबार भएर अघि बढ्ने बताएका छन् । भर्खरै सरुवा भएर आएका सिडिओ घिमिरेले बिहीबार पत्रकारहरुसँग सात्क्षात्कार गर्ने क्रममा जिल्लाबासीको शान्ति सुरक्षा र अमनचयनप्रति जिम्मेबार भएर काम गर्ने प्रतिबद्धता जनाए । 


जनार्दन गौतमको अन्य सरुवा भएपछि ससघि भोजपुरमा सिडिओ रहेका घिमिरे उदयपुरको शान्ति सुरक्षाको कमाण्ड सम्हाल्न आएका हुन् । जिल्लामा क्रियासिल पत्रकारहरुसँग अन्तरक्रियात्मक छलफल गर्दै उनले उदयउुरको समसामयिक विषय, पछिल्लो अबस्था बुझ्दै समस्या समाधान गर्न पत्रकारसँग मिलेर अघि बढ्ने बताए । 

 

उनले सरकारी कार्यालयहरुबाट प्रदान हुने प्रशासनिक सेवा सुविधालाई सहज बनाउने तथा कार्यालयहरु सेवाग्राहीमैत्री बनाउने प्रतिबद्धता पनि जनाए । जनताले नियम, कानुन र प्रमुख जिल्ला अधिकारीको क्षेत्राधिकारभित्र पर्ने कुनै पनि काममा ढिलाई हुन नदिने गरी प्रशासनिक सुधारका कामहरु गर्ने उनको प्रतिबद्धता थियो ।

 

सार्वजनिक सेवाहरुमा भएका समस्यालाई हटाउँदै पारदर्शी र जनमैत्री बनाउँदै चुस्त दुरुस्त बनाउने आफू मातहत कर्मचारी संयन्त्रलाई जोड दिने उनको प्रतिबद्धता थियो । जिल्लामा राम्रो काम गर्नका लागि पत्रकार र, सुरक्षा निकाय, राजनीतिक दल, प्रशासनिक संयन्त्र सबैको भूमिका र सहयोग महत्त्वपूर्ण हुने उनको भनाई थियो । 


जिल्लाका समस्याह र समाधानबारे स्थानीयहरुलाई नै बढी जानकारी हुने भएकाले उनीहरुसँगै एकाकार भएर अघि बढ्ने भन्दै उनले त्यससँगै सुरक्षा निकाय, अनुसन्धान कार्यालय, ,राजनीतिक दल, नागरिक समाज र संञ्चारकर्मीसँगको अन्तरक्रियालाई निरन्तरता दिदै काम गर्ने घिमिरेले बताउका छन् ।